फोटो कथा

आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा

3 months ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा
पोखरा, चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार थप समाचार

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन

3 months ago Samaya Dristi Comments Off on काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन
​काठमाडौँ, २४ चैत ​काठमाडौँ फोटोग्राफर संघ को आयोजनामा नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा वार्षिक भित्ते पात्रो विमोचन कार्यक्रम मंगलबार नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। ​संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सो अवसरमा विशिष्ट थप समाचार

पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने

3 months ago Samaya Dristi Comments Off on पोखरामा एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६ हुँदै, ६१ राइडर सहभागि हुने
चैत २३, पोखरा । यही चैत २७ र २८ गते कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २३, बाँम्दी क्षेत्रमा साहसिक मोटरबाइक खेल “एक्स्ट्रीम मोटो एन्डुरो क्रस च्याम्पियनसिप २०२६” आयोजना हुने भएको छ । यस प्रतियोगिता एड्भेन्चर स्पोर्टस् हब नेपालको आयोजना तथा पञ्चासे आदर्श क्लब र नील गगन विकास समाजको सह–आयोजनामा सञ्चालन हुँदैछ । प्रतियोगिता विशेषगरी थप समाचार

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

3 months ago Samaya Dristi Comments Off on नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य थप समाचार

एगा पोखराको अभिमुखीकरण तालिम

3 months ago Samaya Dristi Comments Off on एगा पोखराको अभिमुखीकरण तालिम
पोखरा, १८ चैत । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज थप समाचार

पोखराका गणेश पर्यटनमन्त्री

3 months ago Samaya Dristi Comments Off on पोखराका गणेश पर्यटनमन्त्री
पोखरा, १३ चैत पर्यटकीय राजधानी पोखराले पर्यटनमन्त्री पाएको छ । भरखरै सम्पन्न निर्वाचनवाट  नयाँ पर्यटनमन्त्रीको रुपमा कास्कीबाट चुनाव जितेका खडगराज (गनेस) पौडेल नियुक्ती भएका छन् । बालेन सरकारमा गण्डकी प्रदेशबाट पर्यटन तथा संस्कृतीमन्त्रीमा पौडेल नियुक्त भएका छन् । उनी कास्की १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका तिलक बहादुर रानााभाटलाई पराजित गर्दै थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

3 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

3 months ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

4 months ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

4 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार