फोटो कथा

पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी

2 months ago Samaya Dristi Comments Off on पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी
पोखरा १४, वैशाख समय दृष्टि पोखरामा आयोजित खुल्ला महिला दौड़ प्रतियोगितामा ११ वटा आमा समूहबाट ७० जना सहभागी भएका छन् । गण्डकी प्रदेश युवा खेलकूद तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा पोखरा ९ मा रहेको हातेमालो नागढुंगा आमा समूहद्वारा आयोजित सो प्रतियोगितामा उनीहरु सहभागी भएका हुन् । सो अवसरमा विमला श्रेष्ठ प्रथम, राधा सुवेदी द्वितीय र थप समाचार

महिला अधिकारका लागि राष्ट्रिय अभियानको भित्तेपात्रो लोकार्पण

2 months ago Samaya Dristi Comments Off on महिला अधिकारका लागि राष्ट्रिय अभियानको भित्तेपात्रो लोकार्पण
पोखरा । महिला अधिकारका लागि राष्ट्रिय अभियान कास्की जिल्ला शाखा, पोखरा–१५ ले प्रकाशन गरेको नयाँवर्ष २०८३ को भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार पोखरा १५ कोलपाटन स्थित कोलपाटन आमा समुहको भवनमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले कार्यक्रमको उद्घाटन गर्दै महिलालाई हरेक क्षेत्रमा अधिकार दिनु पर्छ थप समाचार

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

2 months ago Samaya Dristi Comments Off on ५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष थप समाचार

३० लाख बढीको आलु कारोवार

2 months ago Samaya Dristi Comments Off on ३० लाख बढीको आलु कारोवार
पोखरा, ३ बैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । थप समाचार

पोखरा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान

2 months ago Samaya Dristi Comments Off on पोखरा इलेक्ट्रिक क्लबको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान
कमल पौडेल अथक पोखरा ३, वैशाख पोखरा इलेक्ट्रिक क्लवको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम विहीवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा क्लबले प्रकाशन गरेको २०८३ सालको टेवल क्यालेण्डर विमोचन गरियो । कार्यक्रममा बोल्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले क्लबले रचनात्मक काम गर्दै आएको बताए । उनले अहिले युवालाई रोजगारीका थप समाचार

मनोरञ्जनमय बन्यो आलु महोत्सव

2 months ago Samaya Dristi Comments Off on मनोरञ्जनमय बन्यो आलु महोत्सव
पोखरा, २ बैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन पनि दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु पर्दछ, नत्र भने जीन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरवन्दी,  एैना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानी लगायतका थप समाचार

कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न

2 months ago Samaya Dristi Comments Off on कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न
कमल पौडेल अथक नुवाकोट १, वैशाख श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति फेदीखोला २ नुवाकोट स्याङ्जाको १५ औ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले देशको आर्थिक विकासमा टेवा पुर्याउने काम धार्मिक पर्यटनले सघाउने बताए । उनले पुर्खाले आर्जेका कला संस्कृति र थाँतथलोको संरक्षण थप समाचार

फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड

3 months ago Samaya Dristi Comments Off on फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
  पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक थप समाचार

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी

3 months ago Samaya Dristi Comments Off on रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
पोखरा, २९ चैत पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ थप समाचार

हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

3 months ago Samaya Dristi Comments Off on हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु
पोखरा । विष्णुपादुका क्लब आयोजनामा शुक्रबार हेमजामा १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । हेमजाको विष्णुपादुका खेल मैदानमा२७ चैतदेखि ५ वैशाखसम्म सो महोत्सव संचालन हुनेछ । महोत्सव थप समाचार