मनोरञ्जन

महोत्सवमा आलु किन्नेको घुइँचो

4 months ago Samaya Dristi Comments Off on महोत्सवमा आलु किन्नेको घुइँचो
पोखरा, १ वैशाख । १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्यतिर आइरहदाँ त्यहाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । मंगलबारसम्म करिव ५५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा ४ हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम थप समाचार

कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न

4 months ago Samaya Dristi Comments Off on कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न
कमल पौडेल अथक नुवाकोट १, वैशाख श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति फेदीखोला २ नुवाकोट स्याङ्जाको १५ औ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले देशको आर्थिक विकासमा टेवा पुर्याउने काम धार्मिक पर्यटनले सघाउने बताए । उनले पुर्खाले आर्जेका कला संस्कृति र थाँतथलोको संरक्षण थप समाचार

फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड

4 months ago Samaya Dristi Comments Off on फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड
  पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक थप समाचार

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

4 months ago Samaya Dristi Comments Off on आलु महोत्सवमा ५० लाख बढीको कारोवार
पोखरा, २९ चैत। राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु।५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो। दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै थप समाचार

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी

4 months ago Samaya Dristi Comments Off on रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
पोखरा, २९ चैत पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् ।फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ थप समाचार

हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

4 months ago Samaya Dristi Comments Off on हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु
पोखरा । विष्णुपादुका क्लब आयोजनामा शुक्रबार हेमजामा १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८२ सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सुरु महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । हेमजाको विष्णुपादुका खेल मैदानमा२७ चैतदेखि ५ वैशाखसम्म सो महोत्सव संचालन हुनेछ । महोत्सव थप समाचार

आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा

5 months ago Samaya Dristi Comments Off on आलु महोत्सवको तयारी अन्तिम चरणमा, आलु प्रतिकेजी रु ३५ मा
पोखरा, चैत । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो । आयोजक विष्णुपादुका क्लवले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवमा प्रतिकेजी रु।३५ मा आलुको कारोवार थप समाचार

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

5 months ago Samaya Dristi Comments Off on नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य थप समाचार

पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन

5 months ago Samaya Dristi Comments Off on पोखरा स्पोर्टस् अवार्डमा गुरुङ गहना घरको स्कुटर प्रायोजन
पोखरा, १९ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई गुरुङ गहना घर प्रालिले साथ दिएको छ । उक्त कम्पनीले पोखरा स्पोर्टस् अवार्डको महत्वपूर्ण विधा पिपल्स च्वाइस अवार्डमा प्रदान गरिने टिभिएस एनट्रक स्कुटर प्रायोजन गर्ने भएको हो । सो सम्बन्धमा बिहीबार पोखराको न्यूरोडस्थित कम्पनी परिसरमा आयोजित समारोहमा मञ्चका थप समाचार

नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने

5 months ago Samaya Dristi Comments Off on नयाँ बर्षको अवसरमा पोखरामा रात्रि दौड प्रतियोगिता हुने
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक उक्त रात्रि दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई थप समाचार