कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन
४ पुष,पोखरा
पोखरा वडा नं ४ स्थित कैलाश वचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पुष २ गते देखी सुरु भएको कार्यक्रमहरुमा आज तस्रोे दिनको कार्यक्रम अन्तरगत खुल्ला रत्तदान गरेको थियो। रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।मानवीय सेवामा सहकार्यको भावना राख्दै क्षेत्रिय रक्त संचार केन्द्र को प्राविधिक सहयोगमा रत्तदान गरीएको साथै रक्तदान कार्यक्रममा पोखरा हस्पिटल एण्ड रिसर्च प्रा.लि.ले निशुल्क रक्त परिक्षण गरेको कुरा सहकारीका अध्यक्ष खडानन्द अधिकारी ले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल ले सहकारीका सदस्य ५९ बर्षिय गंगा प्रसाद वाग्लेलाई ब्लड ब्याग हस्तानतरण गदै मानविय सेवाका लागी रक्तदान महादान भएको कुरा उल्लेख गरे ।
सहकारीका अध्यक्ष खडानन्द अधिकारी को सभापत्तित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद ढकालले स्वागत सात सिद्धान्त वाचन पूर्ण कुमारी थापा सल्लाहकार जिवन ढुंगाना शिवहरी अधिकारी दुर्गा प्रसाद पौडेल पोखरा फोटोग्राफर संघका सचिव देवानन्द पोख्रेल,कोषाध्यक्ष नन्दकला पौडेल संस्थापक सदस्य देवेन्द्र गोदार,रक्तदाताको तर्फ वाट लक्ष्मी प्रसाद अर्याल, पोखरा हस्पिटल एण्ड रिसर्च प्रा.लि.का डाईरेक्टर डा.गोपाल पौडेलले आ–आफ्नो भनाई साथै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममै पोखरा हस्पिटल एण्ड रिसर्च प्रा.लि.का डाईरेक्टर डा.गोपाल पौडेलले कैलाश वचत तथा ऋण सहकारीका सदस्यहरुलाई उपचारमा १५ प्रतिशत र सदस्यका परिवारलाई १० प्रतिशत छुटको ब्यवस्था गरिने जानकारी गराए ।
२०६८ मा स्थापित सहकारीले स्थापनाकाल देखी नै विभिन्न सामाजिक कार्यहरु साथै नियमित रत्तदान सहित विविध कार्यमा सकृय रहदै कुल १२ करोड को कारोबार सहित कर्जा लगानी ८ करोड गरेको छ । संस्थाले आफ्रनै लगानीमा फ्रेम उद्योग फोटो प्रिन्टिङ,प्लेक्स प्रिन्टिङ आदी संचालन गरेको छ । उक्त कार्यक्रको संयोजकमा कपिल सापकोटा रहेका थिए भने कार्यक्र संचालन संस्थाका सचिव विष्णुहरी अधिकारीले गरेका थिए ।
काठमाडौं,९ पुस । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार दोस्रो खेलमा जित हात परेको छ। ढाकामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले...
Read More
पोखरा, १८ असार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको...
Read More
पोखरा, ३ असोज । तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् । पहिलो पटक सन् १९९६ मा उनले पोखरामा...
Read More
प्रात काल हिमाल हास्छ जसरी अस्तित्व फैलाउदै सारा चेतनशील जीवन जगत ब्युझिन्छ जागा हुदै यो जागापनसाथ सिर्जनमुखी फैलाउदै चेतना हामी गर्न सकौ न जीवनमूखी साहित्यको सिर्जना । प्रहल्लाद पोख्रेलको...
Read More