वैशाख १९ गते २०८०
भूइको मान्छेको साहित्य
म साहित्यकार पनि हैन र धेरै साहित्य बुझदिन तर पनि किन किन साहित्यका अरुको श्रृजना पढ्न सुन्न निकै मन पर्छ । एक दिन साथी अमृतले पोखराकै मजदुर कवी भनेर चिनिने इन्द्र राना प्रतिक बारेमा सुनाउनुभयो । बढो अचम्म लाग्यो किनकी कवीको कवीतामा दुख पिडा तथा बेदना त हुन्छ नै त्यो भन्दा धेरै दुख पिडा बेदना जिवनभर आफैले बोकेर आफ्ना भावना बुझाइलाई साहित्य मार्फत उपल्ला भनिएका सुकिला साहित्यकारलाई सुनाउनु कुनै चानचुने कुरा हैन । साथी अमृत साथमा साथी सुरज र म इन्द्रदाई भेट्न गयौ । उहा सेती गण्डकीको निकै चर्को स्वर सुनिने सिम्पानीमा बस्नुहुदोरहेछ । केही अगाडी सम्म त्यही सेतीको बालुवा निकाल्ने, चाल्ने र बोकेर माथी ल्याई बेच्ने कार्य गर्नु हुदो रहेछ । उहाको दैनिक जिवन देख्दा कुनै साहित्यकार यस्तो जिवन कसरी जिउन सक्छ र भन्ने प्रश्न आउन सक्छ । तर जव उहाको कोठामा पुग्यौ एकै कोठामा भान्छा सुत्ने बिस्तारा अनी थुप्रै किताव तथा आफ्नो रचनाका पाण्डुलिपीले टेवल भरिएको थियो । अझ अचम्मको कुरा त उहाको रचनाको रस र भावनाको संसार सरलक्क त्यो कवीतामा थियो । दुख थियो पिडा थियो ब्याड.ग थियो अझ कतै कती हास्य रस पनि थियो । हामीले केही छोटो भिडियो क्लिप र फोटो खिच्यौ । अहिले काम गर्ने बिन्धवासिनी मन्दिर परिसरको नरिवल फोड्ने कार्यको दृष्य लियौ अनी कुराकानी गरयौ । साच्चै भन्दा मलाई अचम्म लाग्यो किनकी एक भिजुयलबेस पत्रकार भएका नाताले मैले हजारौ अन्तरबार्ता लिएको छु प्रश्न सोधेको छु फोटो खिचेको छु र मानिसहरुको सुख दुख उस्को कार्यको विवरणात्मक प्रगतीको बृतचित्र बनाएको छु । तर पनि त्यो खाले चेतना तथा रचना र बास्तविक जिवनमा अन्तरबिरोध भएका कमै पात्र हुन्छन । इन्द्र दाइको जिवन अचम्मको बिरोधाभास रहेछ अर्थात पक्का भूइ अर्थात माटोमा खेल्ने माटोमै रमाउने र साहित्यको ठुलो महल ठड्याउन सक्ने क्षमताको एक सृस्टा हुनुहुदोरहेछ ।
यस्तो भूईको हिरा मान्छे जस्लाई भूइमान्छे भनेर सम्बोधन गरी उहाको गिती संग्रह छाप्ने बिमोचन गर्ने तथा पुरस्कार सहित काठमाण्डौ सपरिवार घुमाउने सम्मको पवित्र पुुण्य कार्य कन्सेप्ट नेपालले गरेको छ । साथी अमृत भादगाउले सहित साथी पवन शाक्य, सुरेन्द्र राना लगायत पर्यटन पत्रकारीता र पर्यटन ब्यावसाय तथा पर्यटन पाठ्या सामाग्री उत्पादन गर्ने साथीहरुको प्रयासले जन्मेको कन्सेप्ट नेपाल संस्थाले यस्तै भूइमान्छेको खोजी गर्दै भूइबाट धरहरा चढाउने पुण्य कार्य गर्दै आएको छ । डिक्रा बादी देखी दलित होमस्टेको प्रचार सम्मका पुण्यकार्यमा बिगत बाट नै पुण्य कार्य गर्दै आएको छ । हाल इन्द्र राना प्रतिक कवी जो ब्यावहार परिवेशमा भुइमान्छे भए पनि साहित्य श्रृजनामा अमुल्य रत्नको त्यती कदर तथा प्रचार भएको थिएन यो कार्यक्रमले इन्द्र दाई प्रती पनि पुण्यको कार्य गरेको छ । इन्द्र दाइलाई धेरै धेरै बधाई । यस पुण्यको कार्यमा थोरै भएपनि केही योगदान दिने मौका दिनुभएकोमा साथी अमृत लगायत कन्सेप्ट नेपाललाई धेरै धन्यबाद दिन चाहन्छु । मण्डेला थियटन काठमाण्डौमा भएको त्यो सभ्य भब्य कार्यक्रममा बोलाएर सहभागी हुने मौका दिनुभयो तपाई आयोजक सवैलाई धन्यबाद ।