फागुन ३ गते २०७९
पोखरामा बजार अनुगमन, जताततै बेथिति, म्याद गुज्रेका सामान बिक्री, उपभोक्तामाथि व्यापक ठगी
कमल पौडेल अथक
पोखरा ३ फागुन
जिल्ला अनुगमन समिति कास्कीले मंगलवार पोखराका केही हर्डवयेर पसलको अनुगमन गरेको छ । पोखराको रत्नचोकमा रहेको सिजी हार्डवयेर र राष्ट्रबैंक चोकमा रहेको जताधारी ट्रेडर्समा समितिले अनुगमन गरेको हो ।
ती हार्डवयेरले समय गुज्रेका रंग विक्री वितरण गरेर उपभोक्तामाथि व्यापक ठगी गरेको समितिले जानकारी दिएको छ । समितिले नमुनाको रुपमा जटाधारी ट्रेडर्सवाट ३० हजार वरावरको रङ नष्ट गरेको छ । त्यसैगरी सिजी हार्डवयेरवाट नमूनाकै रुपमा ८ हजार वरावरको हार्डवयेर सामान नष्ट गरेको छ । पसलमा म्याद गुज्रेका समान अधिक भएकोले संवन्धित पसल धनीले नै हटाउने भनेपछि पहिलो पटकको लागि अवसर दिएको अनुगमन समितिका संयोजक शेषकान्त पौडेलले जानकारी दिए ।
यसैगरी बजारमा अन्य सामग्री वितरण गर्ने अनुमति लिएर तार्पिन तेल उत्पादन र वितरण गरेको भन्दै सृजानाचोक स्थित युवराज अधिकारीको गोदाममा समेत अनुगमन समितिले छापा मारेको थियो । बोतलमा तारर्पिन तेल आफै भरेर लेवल, तौल र मूल्य नराखी अधिकारीले कालोवजारी गर्दै आएको समितिले जनाएको छ ।
समितिले सँगै रहेको अर्को एक त्यस्तै खालको गोदाममा अनुगमन गरी दुवैलाई तीन दिन भित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा हाँजिर हुन आदेश दिएको छ ।
यसैगरी पोखराको रत्न चोकमा रहेको खाद्य गोदाम निकी ट्रेडर्समा अनुगमन गरी एक वोरा चिनी र केही म्याद गुज्रेका सामान हटाउन पसल संञ्चालकलाई समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत ऋषिराम सुवेदीले जानकारी दिएका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा सोमवार पनि पोखराको वजार अनुगमन गरेको थियो । पोखराको पन्थी गल्ली र सिद्यार्थ चोकमा रहेको फेवा कप्पलेक्स फलफूल तथा तरकारी वजारमा अनुगमन गरिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अगुवाईमा भएको अनुगमनमा पन्थी गल्लीका केही पसलमा अनुगमन गरिएको थियो ।
अनुगमन गर्र्दा गर्दै केही व्यवसायीहरु सटर तानेर पसल बन्द गरी भागेको समितिले जनाएको छ । पसल संञ्चालकहरुले अनुगमन समितिलाई सहयोग गर्नु पर्नेमा उल्टै पसल बन्द गरेर भागेपछि त्यहाँ पक्कै केही कैफियत हुन सक्छ सहायक प्रजिअ गुरुदत्त ढकालले भने । ती पसलहरुमा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि सहित फेरि अनुगमन गरिने उनले जानकारी दिएका छन् ।
अधिकांश पसलमा मूल्य सूची नभएको, खरिद र विक्री विल नभएको, २० रुपैयाँमा किनेको ढाकाटोपी १ सय ६० मा विक्री गरिएको पाइएको छ ।
पसल बन्द गरेर भागेका व्यवसायीका सटरमा अन्य कुनै दिन अनुगमन गरेर पूर्ण रुपमा खानतलासी गरी कैफियत देखिए आवस्यक कारवाही गरिने सहायक प्रजिअ ढकालले बताए ।
अनुगमन टोलीले केही पसलेलाई तीन दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाँजिर हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।
सहायक प्रजिअ ढकालको अगुवाईमा भएको अनुगमन टोलीमा घरेलु कार्यालय प्रमुख शेषकान्त पौडेल, पोखरा महानगरपालिकाका सहायक प्रशासकीय अधिकृत जीतेन्द्रजंघ केसी, उपमोक्ता मञ्च कास्कीका सचिव कमल पौडेल अथक, उद्योग अधिकृत मोहराज ढकाल, खाद्य कार्यालयका केदार पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तीलक मानन्धर, कमल कँडेल, चित्रराज आचार्य, देबेन्द्र ढकाल, रामप्रसाद तिमिल्सिेना,संलग्न रहेका थिए ।
टोलीले सोमवार फेन्सी, जुत्ता, मिठाई, डेरी र फलफूल हार्गवयेर पसल गरी १८ वटा पसलमा अनुगमन गरेको उद्योग अधिकृत मोहराज ढकालले जानकारी दिए ।