साइकल सिटी पोखराको आयोजनामा हुने टुर दि पोखरा कार्यक्रम ‘छैटौं टुर दि पोखरा २०२२’को घोषणा गरिएको छ । छैटौं टुर दि पोखरा २०२२’ अन्तर्गत पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता हुनेछ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ ।
पौष ६ गते पोखरामा ‘दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता कार्यक्रमलाई यो वर्षबाट टुर दि पोखरामा समावेश गरिएको छ । उक्त प्रतियोगिता पोखराको रानीवनमा हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ३०, २० र १० हजार छ । पुष ७ गते बागलुङको कालिका मन्दिर देखि पोखराको विन्द्ययवाशीनी मन्दिर सम्म करिव ७२ किलोमिटर साइकल र्याली हुने छ भने पुष ९ गते पोखरामा वृहत् साइकल र्याली हुनेछ । प्रदशनी केन्द्रबाट सुरु हुने र्याली बजारको विभिन्न भाग परिक्रमा गरी पुनः प्रदर्शनी केन्द्रमा समापन हुनेछ ।
समापनका अवसरमा विविधि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम, स्लो साइकल र जिगज्याग साइकल प्रतियोगिता समेत हुने जानकारी कार्यक्रम संयोजक राजन गोगंजु, प्रकाश बज्रचार्य लगायतले ‘छैटौं टुर दि पोखरा’को विविधि पक्षबारे जानकारी दिएका थिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन शहरको रुपमा घोषणा गर्न पोखरा महानगरले तयारी सुरु गरेको बताए ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक बास्तोलाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा छैटौं टुर दि पोखरा २०२२ सम्पन्न गर्न करिव २५ लाख खर्च हुने संयोजक राजन गोगंजुले जनाएका छन्
काठमाण्डौ, १८ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक...
Read More
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी
Read More
पौष २६, हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा जारी दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ ।...
Read More