पौष १८ गते २०७९

गृहमन्त्रीद्वारा सीडीओ र सुरक्षा प्रमुखसंगभर्चुअल बैठक आह्वान

काठमाण्डौ, १८ पुस ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्रालयमा अनुसार बैठकमा आमनागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचारलगायतका विषयमा छलफल हुनेछ । गृहमन्त्री लामिछानेले जिल्लाबाट दिइँदै आएको सेवा’दयगत जानकारी लिँदै सेवाप्रवाहलाई प्रभावकारी बनाउन र जनताको मन जितेर काम गर्न सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिने बताइएको छ ।