२७,भाद्र पोखरा पोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् । अर्जुनले ८९७ मत ल्याए । संघमा यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पवन र उपाध्यक्ष (वाणिज्य) रहेका अर्जुन प्यानलसहित चुनावी प्रतिस्पर्धामा थिए ।
शनिबार भएको मतदानको आइतबार राति सम्पन्न अन्तिम मतपरिणाममा उद्योगतर्फ उपाध्यक्ष र खुला ४ सदस्यबाहेक सबैमा पवन प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की निर्वाचित भए । उनले वरिष्ठ उपाध्यक्षका प्रत्यासी हरिहर सापकोटालाई ९७५ मतअन्तरले पराजित गरेका हुन् निर्वाचित गोकर्णले १७१३ र हरिहरले ७३८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (उद्योग) मा देवेन्द्र केसी, उपाध्यक्ष (वाणिज्य) उत्तममान बुद्धाचार्य निर्वाचित हुँदा महासचिवमा बलराम आचार्यले बाजी मारेका छन् । युवा व्यवसायी देवेन्द्रले चुनाव जितेर अर्जुन प्यानलको साख जोगाए । उनले १७९१ र प्रत्यासी हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । दुवैबीच १०७१ मतान्तर अन्य प्रतिस्र्पधीबीच सब ैभन्दा धेरै हो । उपाध्यक्ष (वाणिज्य) तर्फ निर्वाचित उत्तममानले ९६९ र सोभित पौडेलले ८७८ र कुमारी मुना बास्तोलाले ६४८ मत ल्याए । महासचिवमा त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा पवन प्यानलबाट बलराम आचार्यले ८१ मतान्तरले चुनाव जिते । उनले ९१० मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी केशव खत्रीले ८२९ र तारानाथ ढुंगानाले ७६९ मत प्राप्त गरे । यस्तै, कोषाध्यक्ष दिनेशचन्द्र बास्तोला र उपमहासचिव शोभा गौतम निर्वाचित भएका छन् । दिनेशको १५९९ आउँदा प्रत्यासी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिवमा निर्वाचित शोभाले १७५५ र हर्कबहादुर अधिकारी (मिरज) ले ७५८ मत प्राप्त गरे ।
१० खुला सदस्यमा पवन प्यानलकी प्रभा सुवेदील े लोकप्रिय मत (१४४८) पाएकी छन् । पवन प्यानलबाट प्रभासहित बालकृष्ण कोइराला (१३६२), सुदीप प्रधानाङ्ग (१३३५), भीम गौतम (१२६९), मनोजकुमार श्र ेष्ठ (१२२२) र सुदीप ओझा (११३७) निर्वाचित भए । उता अर्जुन प्यानलबाट दिलीपकुमार श्रेष्ठ (१३०९), भरत केसी (१३०९), कृष्णप्रसाद कोइराला (१२८८) र माधव बस्ताकोटी (१२६०) निर्वाचित भए । बस्तुगततर्प जीवनप्रकाश श्र ेष्ठ (२७), प्रेमप्रसाद सुवेदी (२७), लीलाधर चपाई (२२) र लेखनाथ सुवेदी (२३) निर्वाचित भए । कर्पोरेटतर्फ बन्दना कार्की केसी र रामप्रसाद क ँड ेल तथा उद्या ेगतर्फ युवकबहादुर बस्नेत यसअघि नै निर्विरोध भएका थिए ।
३१४३ मतदातामध्ये ८१ अर्थात् २ हजार ५ सय ४९ जनाले मतदान प्रक्रियामा भाग लिएको निर्वाचन संयोजक दीपक श्रेष्ठले जानकारी दिए । संघमा २९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । रिक्त ४ सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने छन् । यसैबीच, आइतबार राति नै निवर्त मान अध्यक्ष नारायण कोइरालले नवनिर्वाचित अध्यक्षलाई सपथ गराए भने अध्यक्षले अन्यलाई सपथ ग्रहण गराएका थिए । निर्वाचितपछि अध्यक्ष पवन प्रजापतिले आफ्ना १७ बुँदे चुनावी प्रतिबद्धतासहित अर्जुन प्यानलको ८ बुँदालाई समेत समेट्दै उद्योग व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । पोखराकै सबैभन्दा पुरानो स ंस्था पोखरा उद्योग वाणिज्य संघको स्थापना २०११ सालमा भएको हो ।
पोखरा, ०४ फागुन । हरेक वर्ष माघ शुक्ल पन्चमीका दिन मनाइने श्रीमन्चमीमा देशभर बिद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ । वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पन्चमीसमेत भनिने यस दिन...
Read More
पोखरा, २५ मंसिर । मिस तामाङ पोखराको तालिम शुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको...
Read More
बैशाख ३०,पोखरा पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो ।६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका...
Read More
पोखरा, १६ फागुन । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गरे । छोटो...
Read More