तारा एयरको जहाज सम्पर्क विहीन, दुुर्घटनामा परेकाे आशंका
पोखरा, १५ जेठ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । बिहान पोखरा विमानस्थलबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज सम्पर्क विहीन भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरा विमानस्थलको टावरले जोमसोम टावरलाई जहाज हस्तान्तरण गरेको थियो ।
जोमसोम टावरसँग सम्पर्क भएको केही समपछि जहाज सम्पर्क विहीन भएको सुवेदीले बताए । जहाजमा चालक दलका ३ सदस्यसहित २२ यात्रु थिए । यात्रुमा २ जना विदेशी, ४ जना भारतीय नागरिक र १३ जना स्वदेशी यात्रु रहेका थिए । प्रभाकर घिमिरेले उडाएको जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम अवतरण हुनुपथ्र्यो । पोखरा जोमसोम हवाइ रुटको घोरेपानी क्षेत्रबाट सम्पर्क विहीन भएको प्रारम्भिक अनुमान छ ।
जहाज सम्पर्क विहीन भएपछि खोजीका लागि हेलिकोप्टर उडिसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका पत्रकार सुन्दर थकालीका अनुसार मुस्ताङको लेते र टुकुचेको बीचमा जहाज दुर्घटनामा परेको आंशका गरिएको छ ।
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजना,...
Read More
काठमाडौँ,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह...
Read More
काठमाडौं,१२ फागुन । प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको आन्तरिक द्वन्द्वबाट उम्किँदै पद जोगाउन संसद विघटन गरिदिए र वैशाखमा चुनाव घोषणा गरे । त्यसपछि चुनावको पक्षमा माहोल बनाउन देशका मुख्य...
Read More
६ असोज,काठमाडौंप्रेस काउन्सिल नेपालले पोखराका दुई जना पत्रकारसहित देशभरका झन्डै दर्जन पत्रकारलाई सम्मान गरेको छ। सम्मानित हुने पोखराका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ र राष्ट्रिय समाचार...
Read More