असाेज १२ गते २०७८

महानगर उपप्रमुख गुरुङ र यूएनडिपी नेपाल प्रतिनिधि लाबेले बीच भेट

पोखरा, १२ असोज । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङसंग संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले भेट गर्नुभएको छ । उपप्रमुख गुरुङको कार्यकक्षमा भेट गदै गरिवी निवारण, रोजगारी सृजना, महिला हिंसा, पर्यटन पूर्नउत्थान लगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटमा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोनाका कारण अपेक्षाकृत काम गर्न नसकेको बताउदै जति भएको छ त्यो उपलब्धि मुलक रहेको बताउनुभयो । देश नयाँ शासन व्यवस्थाबाट अगाडी बढेका कारण ऐन, कानून निर्माण गर्नुपर्ने र कार्यालय व्यवस्थापनमा पहिलो वर्षका समय खर्चिएको र त्यसपछि विकास निर्माण अगाडी बढाएपनि कोरोना भाइरसका कारण समस्या भएको बताउनुभयो ।

उहाँले सघियताको जग स्थानीय तह भएकाले पूर्वाधार निर्माणका काम र नीति निर्माण गरेको बताउदै पोखरा कस्तो बनाउने भन्ने खाका तयार पारेको र नयाँ टिमलाई हस्तान्तरण गरिने बताउनुभयो । कोरोनाका कारण नतिजा आउन सकेन् उहाँले भन्नुभयो, ‘कठिन अवस्थामा पनि धेरै काम भएको छ ।