असाेज १५ गते २०७९

स्याङ्जाली सम्पर्क सदनको शुभकामना आदान प्रदान


पोखरा १५, असोज
स्याङ्जाली सम्पर्क सदन पोखराले शुक्रवार पोखरामा विजयादशमी तथा दीपावलिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका आजिवन सदस्य, र कार्यसमितिका पदाधिकारीहरुको बीचमा शुभकामना आदान प्रदान गरिएको हो ।
विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमले आपसी भाइचाराको विकास हुने कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष लीलाप्रसाद पँगेनीले वताए ।
उनले पोखरामा वस्ने स्याङ्जालीहरुले एक अर्कालाई समस्या पर्दा सहयोग गर्नु पर्ने धारणा व्यक्त गरे ।
सदनका अध्यक्ष तारा गौतम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष प्राध्यापक डा दिलवहादुर क्षेत्री, सल्लाहकार मेजर दिलवहादुर गुरुङ, महेन्द्रप्रकाश पौडेल, अमरनाथ रेग्मी, उपाध्यक्ष कोपिला तिवारी, महासचिव शिववहादुर थापा, सचिव विश्वास भण्डारी लगायतले वोलेका थिए ।
सो अवसरमा सदनका कार्यसमिति सदस्य एवं संञ्चार विभाग संयोजक कमल पौडेल अथक पोखरामा पुरस्कृत भएकोमा उनलाई बधाई तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष तारा गौतम सुनार, संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक लीलाप्रसाद पँगेनी, सल्लाहकार मेजर दिलवहादुर गुरुङ, उपाध्यक्ष कोपिला तिवारी, सचिव विश्वास भण्डारी, महासचिव शिववहादुर थापा लगायतले सम्मान गरेका थिए ।
सदनका कार्यसमितिका पदाधिकारी एवं सदस्यको मान सम्मान र पुरस्कार प्राप्तिमा संस्थाले बधाई ज्ञापन गर्ने नियम अनुसार अथकलाई सो सम्मान गरिएको हो । संञ्चार संयोजक अथक केही दिन अघि पोखरा यातायात प्रालिद्धारा स्थापित सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ वाट पुरस्कृत भएका थिए ।