कास्की जिल्लाको पश्चिमी भेकमा रहेको पर्यटकिय ठाउ अन्नपूर्ण गाउपालिका अहिले नेकपा एमालेको नेतृत्वमा पुगेको छ । गाउपालिका अध्यक्ष पदमा बिष्णु बहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी बिजयी भएका छन । यस अगाडी नेपाली काग्रेसका युवराज कुवर अध्यक्ष रहेको यस गाउपालिकामा अहिले बिष्णु बहादुर केसीले सूर्य चिन्हमा ६ हजार ७२२ मत ल्याउदा काग्रेसका कुवरको ५ हजार ९५९ मत आएको थियो । उता उपाध्यक्षमा अधिकारीले ६ हजार ६०८ मत ल्याउदा नेपाली काग्रेसकै उमेदवार खिमकुमारी गुरुड.ले ६ हजार १४ मत प्राप्त गरिन । यस अगाडीको स्थानिय निर्वाचन २०७४ मा पनि अध्यक्ष पदका प्रत्यासी बिष्णु बहादुर केसी र युवराज कुवर भिडेका थिए । त्यसबेला बिष्णुलाई युवराजले पराजित गर्न सफल भए पनि ५ वर्ष पछी बिष्णुले युवराजलाई पछारेका छन । यि दुवै युवा नेता हुन भने आफ्नो दलको मुल्यांकनमा अन्नपूर्ण कास्कीका अब्बल ठहरिएका समाजसेवी युवा नेता गनिन्छन । निर्वतमान अध्यक्ष काग्रेसको राजनिती गर्ने युवराज कुवर साबिक ढिकुरपोखरी १ हाल अन्नपूर्ण १ का स्थानिय बासिन्दा हुन भने नव निर्वाचित गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसी सावीक सल्यान गाबिस हाल अन्नपूर्ण ४ का स्थानिय बासिन्दा हुन ।
Bishnu B KC
कुल २३ हजार ४१७ जनसंख्या रहेको यो गाउपालिकामा २० हजार ३४८ मतदाता थिए भने यस पटक कुल १४ हजार ९०४ मत खसेको थियो । खसेको मत मध्य १२ हजार २९ मात्र सदर थियो । अहिलेको स्थानिय निर्वाचनमा ११ वडा मध्य १,३,६,७,९,११ एमालेले जितेको छ भने २,४,५,८,१० काग्रेसले जितेको छ । प्राय निर्वाचित जनप्रतिनिधीको अवस्थालाई मुल्यांकन गर्दा नया अनुहार कै पाइन्छ भने २ र ७ जस्ता वडाहरुमा केही दोहोरिएका पनि छन । जिल्ला सदरमुकाम पोखरा बाट पश्चिम उत्तर ४१७ दशमलव ७३ वर्ग किमीमा फैलिएको यो गाउपालीकामा पूर्व पोखरा महानगर पालिका २४ र माछापुछ्रे गाउपालिका, दक्षिणमा पोखरा महानगरपालिका २३ तथा स्याड.जा जिल्ला सिमाना, पश्चिम पर्वत जिल्ला सिमाना तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउपालिका र उत्तरमा अन्नपूर्ण हिमश्रृखला सहित मनाड. जिल्ला जोडिएको छ । बाग्लुड. पोखरा राजमार्गले बिचमा काटेको यस गाउपालिका पर्यटकिय दृष्टीले अति महत्वपूर्ण स्थान पनि हो , यहाको कास्की नागडाडा, पञ्चासे, काडे, लुम्ले कृषी केन्द्र, धान्द्रुक, बिरेठाटी र अन्नपूर्ण बेसक्याम्प मुख्य पर्यटकिय स्थान हुन । सुगमताको दृष्टीले मानव बस्तीबाट करिव १ घण्टाको दुरीमा हरेक स्थानमा पक्की वा कच्ची बाटो पुगेको छ । बिकासका गतिले समग्र नेपालका ग्रामिण क्षेत्र भन्दा केही माथीरहेको यो गाउपालिक।ले. अझै धेरै बिकास प्रगती र जनताको स्तर उन्नती गर्नुपर्ने भएकाले नया नेतृत्व तथा युवा नेताहरुको काधमा यो जिम्मेवारी आएको छ ।
समय दृष्टि काठमाडौं, भदौ २६ झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ। आज बिहान...
Read More
कमल पौडेल अथकपोखरा ९, चैतराष्ट्रिय आविस्कार केन्द्र र गण्डकी विश्व विद्यालयका बीचमा बुधवार सम्झौता भएको छ । विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कसरी स्ववलम्वी बनाउने भन्ने वारेमा सो सम्झौता भएको...
Read More
काठमाडौं,१७ बैशाख । कोरोना भाइरस संक्रमणबाट कास्कीको पोखरामा उपचाररत दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा...
Read More
पोखरा, ८ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा...
Read More