कमल पौडेल अथक, पोखरा २९, वैशाख देशभरि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रको तयारी तिब्र पारिएको छ । मतदान अधिकृत सहित निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
सुरक्षाकर्मी मतदान केन्द्रमा तैनाथ गरिएको छ । निर्वाचन सामग्री पनि मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच पोखरा महानगरपालिका भित्रका मतदान केन्द्रमा पनि तयारी तीव्र छ । पोखरा ४ को नबीन मावि, पोखरा ९ को महेन्द्र मावि, पोखरा २ को बरपाटन मावि, पोखरा ११ को शिव शक्ति मावि मदतान लगायतका मतदान केन्द्रमा तयारी पूरा भएको ती स्थानमा खटाइएका मतदान अधिकृतहरुले वताएका छन् ।
यसैक्रममा मतदान केन्द्रमा संचारकर्मीलाई निर्वाध प्रवेश गर्न दिने आयोगको नीति भएपनि केही स्थानका सुरक्षाकर्मीले अवरोध गरेको संञ्चारकर्मीहरुले वताएका छन् ।
यसैबीच मौषम विज्ञान विभागले शुक्रवार देशभर पानी पर्ने जनाएको छ । निर्वाचन अयोगले मतपेटिका सुरक्षा गर्नको लागि हरेक निर्वाचन केन्द्रमा त्रिपाल वा ओतको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७ सय ५३ पालिकामा एकैसाथ निर्वाचन हुँदैछ ।
तस्बिर: दुर्गा प्रसाद पौडेल, सन्देश उदाश, जय गुरुङ
पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्वतयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४...
Read More
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी...
Read More
पोखरा, ०५ मंसिर । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण...
Read More
काठमाडौं,२१ वैशाख । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार...
Read More