भाद्र १६ गते २०८१

माछापुच्छ्रे गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न, वडा न,५ रिभान महिला सञ्जाल प्रमथ 

भाद्र १५, हेमजा । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित प्रतियोगिता शनिवार सम्पन्न गरेको छ ।

प्रतियागितामा वडा न ५ रिभान वडा महिला सञ्जाल प्रमथ,वडा न।४ लाहाचोक महिला सञ्जाल द्धितिय, वडा न। ३ घाचोक महिला सञ्जाल तृतिय र वडा न।८ ल्वाङ्गले सान्तवना पुरस्कार प्राप्त ग¥यो । प्रथम, द्धितिय, तृतिय र सान्तवना क्रमस नगरु १०,०००, ८,००० ,६००० र ४००० साथमा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ठ नृत्य पुरस्कार वडा नं ८ की गिता गौतमले प्राप्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले हाम्रो संस्कार र संस्कृतिको संरक्षणमा लाग्न अनुरोध गर्दै परम्परागत मान्यता र विधि नमर्ने गरी मनाउनु पर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष सिता अधिकारीले महिला सञ्जालको अनुरोधमा पालिका स्तरीय तीज गित प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । कार्यक्रका विच महिलाको पूर्ण सहभागिताविना कुनैपनि राष्ट्रको आर्थिक, सामाजिक,सांस्कृतिक, राजनीतिक एवं समग्र विकास गतिविधिको सम्भावना नरहने उल्लेख गर्नुभयो । सस्कार र संस्कृतियुक्त तीजलाई भडकिलो र उत्ताउलो बनाउन नहुने समेत बताउनु भयो ।

माछाुच्छे« गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गोपीकृण्ण अर्याले,समाजिक विकास समितिका संयोजक एवं वडा न।९ का अध्यक्ष हरि ब। क्षत्री, कार्यपालिका सदस्य श्रीदेवी विश्वकर्मा,वडा न। ४ का अध्यक्ष मधुसुदन अधिकारी लगायतले शुभकामना दिनुभयो ।

प्रतियोगिहरुले माछाप्ुच्छे« गाउँपालिकाले प्रदान गरेको सेवा सुविधा र विकास निर्णण संग सम्बन्धित विषयमा रहेर प्रस्तुति राखेका थिए ।

दान ब। गुरुङको संयोजकत्वमा राजराम पोख्रेल र सिता गुरुङले निर्णयकको भुमिकामा सहजिकरण गर्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत महिला सञ्जाको अध्यक्ष कल्पना रानाभाटले र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेले गर्नभयो