फागुन १५ गते २०७७

अभिनेता पल शाह र अरुण प्रधानबीच सहमति

काठमाडौँ,१५ फागुन ।

अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधान बीचको विवाद सहमतिमा टुंगिएको छ । इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विवाद छलफलबाट मिलेको जानकारी दिए । दुबै पक्षले आफ्नो पक्षबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवाद मिलेको बस्नेतको भनाई छ ।

विवाद मिलेपछि पल र अरुणले हात मिलाएर प्रहरी कार्यलयबाट हाँस्दै बाहिरिएका थिए । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै पल बिरुद्ध प्रधानले इलाका प्रहरी कार्यालय धरानमा केही दिन अगाडि उजूरी दर्ता गराएका थिए ।