कमल पौडेल अथक, पोखरा २९, वैशाख देशभरि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रको तयारी तिब्र पारिएको छ । मतदान अधिकृत सहित निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
सुरक्षाकर्मी मतदान केन्द्रमा तैनाथ गरिएको छ । निर्वाचन सामग्री पनि मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच पोखरा महानगरपालिका भित्रका मतदान केन्द्रमा पनि तयारी तीव्र छ । पोखरा ४ को नबीन मावि, पोखरा ९ को महेन्द्र मावि, पोखरा २ को बरपाटन मावि, पोखरा ११ को शिव शक्ति मावि मदतान लगायतका मतदान केन्द्रमा तयारी पूरा भएको ती स्थानमा खटाइएका मतदान अधिकृतहरुले वताएका छन् ।
यसैक्रममा मतदान केन्द्रमा संचारकर्मीलाई निर्वाध प्रवेश गर्न दिने आयोगको नीति भएपनि केही स्थानका सुरक्षाकर्मीले अवरोध गरेको संञ्चारकर्मीहरुले वताएका छन् ।
यसैबीच मौषम विज्ञान विभागले शुक्रवार देशभर पानी पर्ने जनाएको छ । निर्वाचन अयोगले मतपेटिका सुरक्षा गर्नको लागि हरेक निर्वाचन केन्द्रमा त्रिपाल वा ओतको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७ सय ५३ पालिकामा एकैसाथ निर्वाचन हुँदैछ ।
तस्बिर: दुर्गा प्रसाद पौडेल, सन्देश उदाश, जय गुरुङ
कमल पौडेल अथकपोखरा २५, पुसविचारी चौतारा पोखरा विकास समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः आत्मराम पौडेललाई चयन गरेको छ ।समितिको बरिष्ठ उपाध्यक्षमा बमवहादुर कार्की, उपाध्यक्षमा...
Read More
काठमाडौं, ६ भाद्र । दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ। ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन...
Read More
समयदृष्टि सम्वादातापोखरा १३, कार्तिकपोखराका क्रियाशील पत्रकार कमल पौडेल अथक मित्र मिलन पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् ।पोखराको नयाँ वजारमा कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी...
Read More