कमल पौडेल अथक, पोखरा २९, वैशाख देशभरि यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी पूरा भएको छ । मतदान केन्द्रको तयारी तिब्र पारिएको छ । मतदान अधिकृत सहित निर्वाचनमा खटाइएका सम्पूर्ण कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।
सुरक्षाकर्मी मतदान केन्द्रमा तैनाथ गरिएको छ । निर्वाचन सामग्री पनि मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच पोखरा महानगरपालिका भित्रका मतदान केन्द्रमा पनि तयारी तीव्र छ । पोखरा ४ को नबीन मावि, पोखरा ९ को महेन्द्र मावि, पोखरा २ को बरपाटन मावि, पोखरा ११ को शिव शक्ति मावि मदतान लगायतका मतदान केन्द्रमा तयारी पूरा भएको ती स्थानमा खटाइएका मतदान अधिकृतहरुले वताएका छन् ।
यसैक्रममा मतदान केन्द्रमा संचारकर्मीलाई निर्वाध प्रवेश गर्न दिने आयोगको नीति भएपनि केही स्थानका सुरक्षाकर्मीले अवरोध गरेको संञ्चारकर्मीहरुले वताएका छन् ।
यसैबीच मौषम विज्ञान विभागले शुक्रवार देशभर पानी पर्ने जनाएको छ । निर्वाचन अयोगले मतपेटिका सुरक्षा गर्नको लागि हरेक निर्वाचन केन्द्रमा त्रिपाल वा ओतको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७ सय ५३ पालिकामा एकैसाथ निर्वाचन हुँदैछ ।
तस्बिर: दुर्गा प्रसाद पौडेल, सन्देश उदाश, जय गुरुङ
पोखरा,१२ फागुन । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको...
Read More
काठमाडौँ, २४ फागुन । नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउन प्रयास तीव्र पारेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार...
Read More
पोखरा २१ मंसिर पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्धघाटन भयो । आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका...
Read More