श्रावण २१ गते २०७८
पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र, अवको ६ महिनामा पुल सम्पन्न नगरे कारवाही गर्ने चेतावनी
कमल पौडेल अथक
पोखरा २१, साउन
पोखरा महानगरपालिका प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष धनवहादुर नेपालीले पोखरा ४ र ५ जोड्ने फिर्केखोला पुलका ठेकेदारलाई चेतावनी पत्र दिएको वताएका छन् । वडा नं ५ द्धारा बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष नेपालीले अवको ६ महिनामा पुल सम्पन्न नगरे ठेकेदारलाई कारवाही गर्ने चेतावनी दिइसकेको वताएका हुन् ।
हालसम्म पुलको पोइलिङ र वायेरिङ गर्ने काम भैसकेको उनले जानकारी दिए । पुलको थप कामको लागि वंगलादेशवाट मजदुर हायर गर्नुपर्ने भएकोले सो प्रक्रियामा पनि ठेकेदारलाई महानगरले घचघच्याएको उनले वताए । सो पुल निर्माण गर्न महानगरपालिकाले २ वर्ष अघि रु ४ करोड ५५ हजारमा ठेक्का लगाएको थियो ।
त्यसैगरी पोखरा वाग्लुङ हाइवेमा रहेको फिर्केपुलको ठेकेदार पनि एउटै भएकोले त्यसलाई पनि विलम्व नगरी निर्माण गर्न चेतावनी दिएको उनले वताए । पोखरा महानगरभित्रका यी दुइवटा पुल नवन्दा नागरिकले सास्ती खेप्नु परेको छ ।
सो अवसरमा वोल्दै वडाध्यक्ष नेपालीले वडा कार्यालयले गत आर्थिक वर्षमा सम्पन्न गरेका कार्यप्रगतिको वारेमा जानकारी गराएका थिए । वडाले एक वर्षको अवधिमा २१ वटा वडास्तरीय योजना र १९ वटा मानवीय सशक्तिकरण तर्पmका योजनाहरु सम्पन्न गरेको अध्यक्ष नेपालीले जानकारी दिएका छन् ।