पोखरा ३०, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कारबाट कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा आज (बुधबार) प्रदान गरिएको हो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ(दीपक मनाङे), प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा क्लवका सल्लाहाकार तेज बहादुर गुरुङ, क्लवका अध्यक्ष केशव बहादुर थापा लगायतले पत्रकार परियारलाई सम्मान पत्रको साथमा दोसल्ला,फुल माला तथा २० हजार ५ सय ५५ नगद सहित सम्मान गरेका हुन्। पोखरा ३२ घर भएका परियार विगत २०६४ साल देखि पत्रकारिता गर्दै आएका छन् भने उक्त पुरस्कारले आफुलाई थप जिम्मेवार वहन गराएको उनले जनाए । उक्त अवसरमा यस बर्षको उत्कृष्ट सहारा सदस्य सम्मानबाट राम प्रसाद हिराचन सम्मानित भएका छन्। उनलाई सम्मान—पत्रको साथमा दोसल्ला ओढायर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मनाङेले खेलकुदमा लागेका क्लव तथा विभिन्न संघ संस्थाहरुले युवाहरुलाई खेलकुद संगै सिप मुलक ज्ञान समेत दिनुपर्ने बताए । क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपमा विदेशी खेलाडी भित्राउनमा बिषेश पहल सहित आर्थिक सहयोग गर्ने उनले जनाए । नेपाली खेलाडीहरुको नयाँ सिप र जोस जागर उत्पन्न गराउन विदेशी खेलाडीहरु समेत भित्राउनु पर्ने मन्त्री मनाङेको भनाई थियो ।
आहा रारा गोल्ड कप र पोखरा म्याराथन पोखराको ब्राण्ड नै भएकोले उक्त प्रतियोगितालाई प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाए । खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पु¥याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले सहारालाई विदेशी खेलाडी भित्राउन सहयोग गर्ने बताएका छन । “सहाराले आयोजना गर्ने आहा रारा गोल्डकपमा ४ जना विदेशी खेलाडी आफ्नो टिममा भित्रायो भने २ जनाको खर्च प्रदेश सरकारले दिनेछ”, मन्त्री गुरुङले भने–“यहाँका खेलाडीमा अझै केही सिक्नुपर्नेछ विदेशी खेलाडी आयो भने यहाँका खेलाडीले पनि सिक्ने मौका पाउनेछन ।” युवा र खेलकुदको दुई फरक विषय नभएको बताउँदै मन्त्री गुरुङले प्रदेशका युवाहरुलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको बताउँदै उनले प्रदेश सरकारले व्याज अनुदानमा १० वर्षका लागि ऋण उपलव्ध गराउन लागिएको बताए । उनले खेलकुदमा लागेका युवा र सहारा र अन्य क्लवहरुलाई यसबाट लाभ लिन आग्रह गर्दै भने–“हामी उनीहरुलाई व्यवसायमा अघि बढाउन शिप संगै परियोजना बनाएर यूवा स्वरोजगार कार्यक्रम सफल बनाउँछौ ।
” सहाराले पोखरामा आयोजना गर्ने आहा रारा गोल्ड कप र पोखरा म्याराथनको प्रदेश सरकार बाट सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे । सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको सहारा फुटबल एकेडेमीलाई दीर्घकालीन समयसम्म निरन्तर संचालनका लागि आर्थिक श्रोत जुटाउने उद्धेश्यले स्थापना गरिएको सहारा फुटबल एकेडेमी अक्षयकोषमा यस बर्ष मात्र ५ लाख १५ हजार ६ सय ९२ रुपैया सकलन भएको क्लवले जनाएको छ । उक्त कोषमा हालसम्म २ करोड १८ लाख ६८ हजार २ सय ५९ रुपैया संकलन भएको छ । सहारा एकेडेमीमा हाल १४ जिल्लाका २३ जना वालकहरु रहेकाछन् ।
काठमाडौँ, २४ फागुन । नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई केपी शर्मा ओली पक्षले सकारात्मक भन्दै नेकपा एमालेलाई सक्रिय बनाउन प्रयास तीव्र पारेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार...
Read More
पोखरा ४ असारछैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक...
Read More
काठमाडौं, २५ साउन । नेकपा एमालेले उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारेको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्याएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान...
Read More
८ भाद्र,पोखरापोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा...
Read More