पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए।
ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्।
पोखरामा मध्यान्ह देखि सुरु भएको असिनापानी ले ब्यापक क्षति गरेको छ। बजार क्षेत्र सहित हेम्जाको तल्लो भेगमा पनि अधिक क्षति पुगेको छ। आल’,काउली, बन्दालाई पनि क्षति गरेको छ । घिरौला, करेला लगायतका तरकारीमा पनि उत्तिकै क्षति छ। तोरीलाई पनि क्षति गरेको छ। अधिक असिना परेपछि किसानहरु मारमा परेको छन।
पोखरामा यो समयमा यत्तिको बाक्लो असिना परेको धेरैले अनुभूति गरेका थिएनन। पोखराको व्यस्त बजारको यातायातका साधन नै अवरुद्ध हुने गरि असिना परेको पहिलोपटक हो।
भाद्र १२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि...
Read More
चैत्र ६ पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको...
Read More
लेखनाथ, ११ पुस । कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने...
Read More