पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए।
ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्।
पोखरामा मध्यान्ह देखि सुरु भएको असिनापानी ले ब्यापक क्षति गरेको छ। बजार क्षेत्र सहित हेम्जाको तल्लो भेगमा पनि अधिक क्षति पुगेको छ। आल’,काउली, बन्दालाई पनि क्षति गरेको छ । घिरौला, करेला लगायतका तरकारीमा पनि उत्तिकै क्षति छ। तोरीलाई पनि क्षति गरेको छ। अधिक असिना परेपछि किसानहरु मारमा परेको छन।
पोखरामा यो समयमा यत्तिको बाक्लो असिना परेको धेरैले अनुभूति गरेका थिएनन। पोखराको व्यस्त बजारको यातायातका साधन नै अवरुद्ध हुने गरि असिना परेको पहिलोपटक हो।
पोखरा,२९ जेठ । छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेमजा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित...
Read More
पोखरा, २८ जेठ पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक...
Read More
२० चैत्र, पोखरा, चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार...
Read More
कमल पौडेल अथकपोखरा २१, साउनजिल्ला प्रशासन कार्यालय कास्कीले यही साउन २९ गतेसम्म लकडाउन जारी राखेको सूचना जारी गरेको थियो । तर बजारमा लकडाउन जस्तो कहीं कतै छैन । कोरोना...
Read More