पोखरामा आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। असिनाका कारण पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए।
ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्।
पोखरामा मध्यान्ह देखि सुरु भएको असिनापानी ले ब्यापक क्षति गरेको छ। बजार क्षेत्र सहित हेम्जाको तल्लो भेगमा पनि अधिक क्षति पुगेको छ। आल’,काउली, बन्दालाई पनि क्षति गरेको छ । घिरौला, करेला लगायतका तरकारीमा पनि उत्तिकै क्षति छ। तोरीलाई पनि क्षति गरेको छ। अधिक असिना परेपछि किसानहरु मारमा परेको छन।
पोखरामा यो समयमा यत्तिको बाक्लो असिना परेको धेरैले अनुभूति गरेका थिएनन। पोखराको व्यस्त बजारको यातायातका साधन नै अवरुद्ध हुने गरि असिना परेको पहिलोपटक हो।
कमल पौडेल अथकपोखरा २६, वैशाखगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले आइतवार साँझ राजिनामा दिएका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेल समक्ष उनले राजिनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत...
Read More
राधा–लक्ष्मी स्मृति पुरस्कार शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका शिक्षासेवी चतुरमान श्रेष्ठलाई अर्पण गरिने भएको छ । साहित्यिक, शैक्षिक, सामाजिक एवम् आध्यात्मिक व्यक्तित्व लक्ष्मीशरण उपाध्याय र सहधर्मिणी राधा पौडेलको स्मृतिमा...
Read More
लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पोखरा २७ अर्चलेमा भएको मूल कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् । कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास...
Read More
९ बैशाख ,नेपालगञ्ज अन्तरालको आयोजना र व्यवस्थापनमा नेपालगन्जको होटेल बाटिकामा तेस्रो नेपालगन्ज फोटो फेस्टिबल सुरु भएको छ । पोखराका बव साईको फोटो बाह्र भैरव नाचको तस्बिरले कल्चर विधामा उत्कृष्ट...
Read More