राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपाल को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त
काठमाडौँ असोज ६ राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो । शाक्यले आगामी दिनमा काठमाडौं उपत्यकाको सास्कृतिक महत्वलाई मनन गरि सस्थासंग मिलेर काम गर्ने पनि वताउनु भयो । उक्त कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यापर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा त्यसै गरि सस्कृति समपदा तर्फ सोभा मर्हजन र प्रदीप शाक्य र साहासिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र तामाको तक्मा प्रदान गरिएको थियो भने पूर्व शसत्र प्रहरी नायव महानिरिक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार सिलापत्रका फोटोपत्रकार शुसील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जसमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे रहेका छन भने ।
त्यस्तै केन्द्रिय सदस्यहरूमा अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँपेजका प्रबिण कुलुङ राई , नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएका छन । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । निवाचन प्रक्रियामा नारायण श्रेष्ठ माधव वराल र कविन्द्रमान शाक्यले सहयोग पु¥याउनु भएको थियो । साथै उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष, सस्थाका पूर्व अध्यक्ष विकास रौनीयारको पनि उपस्थिति रहेको थियो ।
कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । पाउँदुर पुरानो मैदान स्थित बिधालयले...
Read More
असोज,पोखरा कास्की जस्को नाम कास्कीकोट र पुरानो कास्की राज्यबाट रहन गएको हो । कास्कीकोट कस्यप ऋषिले तपस्या गरेको पवित्र भूमी मानिन्छ यसैले कस्यपको तपोभूमी भएकाले नै यो स्थानको नाम...
Read More
काठमाडौं, १३ मंसिर । आहा ! रारा गोल्डकप २२ औँ संस्करणमा आइपुग्दा नाममा परिवर्तन गरिएको छ । वि।सं। २०५८ मा क्याराभान गोल्डकप फुटबल प्रतियोगिताबाट सुरू भएको गोल्डकप अर्को वर्ष...
Read More
काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजको सुनुवार राष्ट्रसेवक स्मारिका २०८३ विमोचन भएको छ । समाजले शनिबार राजधानीमा एक विशेष कार्यक्रमबीच स्मारिकाको दोस्रो अङ्क विमोचन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी...
Read More