पौष ५ गते २०८०

कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण

कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले यही पौष २ देखी ७ सम्म आफ्नो सप्ताह ब्यापी बार्षिक उत्सव कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा बुधबार उक्त संस्थाका पदाधिकारीहरुले पोखरा नगर पालिकाको सुदुर पश्चिम औसेलुचौरमा रहेको श्री पञ्चकोशी आधारभूत बिद्यालयमा गई त्यहाँका सम्पूर्ण बिद्यार्थीलाई शैक्षिक सामग्री लगायत बिद्यालयलाई पनि खेलकुद र आवस्यकिय सामाग्री बितरण गरेको छ । यसरी एक ब्यावसायिक सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यालयका बिद्यार्थी एवं बिद्यालयको बिकासका लागि थोरै भए पनि सहयोगको सामाजिक कार्य गरेको छ ।
शैक्षिक सामाग्री बितरण कार्यक्रममा संस्थाका अध्यक्ष खडानन्द अधिकारीले आफ्नो संस्थाले आफै पढेको स्कुलमा केही सहयोग गर्न पाउदाको खुसीले केही भावनात्मक भएको भन्दै सहकारीले समुदायको लागि पनि केही गर्नु पर्छ भन्ने मान्यताले यहा आएको भन्ने कुरा बताउनु भयो । बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष माधव प्रसाद चापागाईले सहकारी संस्थाबाट भएको यो सहयोगले बिद्यालयलाई निकै खुसी तुल्याएको औलाउदै बजारमा बस्नेले पनि गाउ भुल्न नहुने भावना ब्यक्त गर्नुभएको थियो । कैलाश सहकारीको पूर्व अध्यक्ष जीवन ढुड.गाना र शिवहरि अधिकारीले सहकारीको सामाजिक कार्य अन्तरगतको धेरै कार्यक्रमहरु मध्य यो शैक्षिक सामाग्री बितरण पनि एक भएको र निकै प्रभावकारी रहेको बताउनु भयो । बिद्यालयका प्रधानाध्यपक गंगाधर चापागाईले यस बिद्यालयकै एक उत्पादन कैलाश सहकारीको नेतृत्वदायी भूमिकामा रहेकोमा गर्वको बिषय भएको भन्दै सहकारीको यो सहयोगको प्रसंसा गर्नु भएको थियो । कार्यक्रमका संयोजक बिनोद राज ढकालले कैलाशका सप्ताह ब्यापी कार्यक्रम अन्तरगत परेको यो शैक्षिक सामाग्री बितरणले देश र समाजमा शिक्षाको दिगो बिकास गर्न मद्धत पुग्ने बताउनु भयो । कैलाश सहकारीका सचिव बिष्णुहरि अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा कैलाश सहकारीका  सदस्य , गाउले अभिभावक, शिक्षक शिक्षिका एवं बिद्यार्थी भाई बैनीहरुको उपस्थिती थियो ।

कैलाश सहकारीले यस अगाडी पौष २ मा सरसफाई कार्यक्रम र पौष ३ बिहानमा रक्तदान गरी ७० युनिट रगत संकलन गरिसकेको थियो । यसै गरी कैलाश सहकारीले आफनो १२ वर्षे यात्राका बारे समेटिएको स्मारिका प्रकाशन गर्दै छ भने आगामी ७ गते त्यस स्मारिका बिमोचन सहित सहकारीको बर्तमान अवस्थाबारेमा अन्तरक्रिया कार्यक्रम पनि राखेको छ ।
बितरण गरिएका शैक्षिक सामग्रीको बिबरण
बिद्यार्थीको लागि कपी ४६ दर्जन , बिद्यार्थीको लागि डडपेन ४५ प्याकेट , जोमेट्री बक्स ४५ थान, बिद्यालयको लागि स्पिकर १ थान
स्पिकिड.डोरी ६ थान,फुटबल ३ थान,भलिबव १ थान ,बल पम्प १ थान र भलिबल जाली ।
डसबिन ३ थान,सरस्वती ठुलो फोटो १ थान रहेको छ ।