पोखरा यातायात पत्रकारिता पुरस्कारबाट समय दृष्टिका सम्पादक अथक पुरस्कृत (फोटो फिचर)
पोखरा १९, भदौ पोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कारको राशी नगद रु २५ हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । अथक विगत दुइ दशक भन्दा बढी पोखराको पत्रकारितामा कृयाशील रहेका छन् । रेडियो, पत्रिका, टेलिभिजनमा लामो समयसम्म काम गरेका उनी हाल समयदृष्टि अनलाइनको सम्पादक तथा रेडियो सराङ्कोटको समाचार प्रमुख हुन् । उनी नेपाल पत्रकार महासंघको राष्टिय परिषद सदस्य समेत रहेका छन् ।
पुरस्कार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्का, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले हस्तान्तरण गरेका हुन् । पुरस्कृत भएपछि पत्रकार अथकले पुरस्कारले पत्रकारितामा थप जिम्मेवारी थपिएको बताउँदै आगामी दिनमा कलम र आवाज थप सशक्त वनाउँदै लैजाने वताए । सो अवसरमा महिला सहचालकहरु जुना गुरुङ, सोना अधिकारी, पुष्पा नकर्मी र दुर्गा भूजेललाई सम्मान गरिएको छ । त्यसैगरी असल चालकमा गोकुलप्रसाद चौलागाइँ, उत्कृष्ट कर्मचारीमा लक्ष्मीकान्त ढकाल, र व्यवसायी खड्गवहादुर गुरुङलाई सम्मान गरिएको छ । यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले यातायातका समस्या चाँडै समाधान हुने वताए । उनले सरकार र व्यवसायीको हातेमालो आजको आवस्यकता भएको टिप्पणी गरे ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष बिजय स्वाँर, वरिष्ट उपाध्यक्ष हरिश्चन्द्र केसी, उपाध्यक्ष सरोज सिटौला, ऐनकुमार शाही, गण्डकी प्रदेश संयोजक केदारप्रसाद पौडेल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिजाल,नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिेना, पृथ्वीराजमार्ग यातायात कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी, पूर्व अध्यक्ष वमहादुर गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, कृष्णप्रसाद ढुं्रगाना, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अध्यक्ष विष्णुवहादुर केसी, मजदूर अगुवा किरणवावु पन्त, अग्नी खनाल, तीलवहादुर विक, सूर्य गुरुङ, र प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिना लगायतले वोलेका थिए । साधारण सभाले अध्यक्ष तथा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।
सो अवसरमा संस्थाले व्यवसायीका परिवारलाई स्वास्थ्य बीमा वापत ५० प्रतिशत भुक्तानी गर्ने निर्णय पारित गरेको कम्पनीका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् । तस्विरः अग्निधर तिमिल्सिना
कमल पौडेल अथकपोखरा १२, चैत्रनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताएकी छन् ।आदिवासी जनजाति संघ गण्डकी...
Read More
पोखरा ७ असोज । स्टार्स स्टुडियो पोखराको प्रस्तुतीमा ‘रोटरी ÷ रोट्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन...
Read More
कमल पौडेल अथक पोखरा १६, जेठ असल छिमेकी सहयोग संघ गोनेसाले गरीब तथा विपन्न बालवालिकालाई शैक्षिक सामग्र वितरण गरेको छ । बालवालिका विद्यालय भर्ना कार्यक्रम अन्तर्गत संघले आज एक...
Read More