असाेज १८ गते २०८३

Dashain

(१)शैलापुत्री
यौनहिंसाको कडा प्रतिकार गर्दै शुम्भ-निशुम्भ जस्ता यौन पिपासु राक्षेसहरुलाई मारिदिएर महिलाको रक्षा गर्ने देवीको नाम हो शैलापुत्री । पहेँलो कलर मन पराउने यी देवी लाई नवरात्रीको पहिलो दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(२) ब्रमचारिणी
भगवान शिव अर्थात प्रेम र करुणाका देवतालाई हिर्द्य देखि प्रेम गर्ने र दुनियाँ लाई प्रेमको महत्व बुझाउने देवीको नाम हो ब्रमचारिण । हरियो कलर मन पराउने यी देवी लाई ‘प्रेममा समर्पित’ देवी भनेर नवरात्रीको दोस्रो दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(३) चन्द्रघण्टा
सत्य र ईमानदारीताको आवाज लाई दुनियाँ भरी फैलाउने देवीको नाम हो चन्द्रघण्टा। ‘सत्य र ईमानदारीता संग दूषित मान्छेहरु डराउँछन्’ भन्ने मान्यता मानव सभ्यतामा छ । रंगीचंगी कलर मन पराउने यी देवी लाई ‘सत्य र ईमानदारीको पक्षपाती’ देवी भनेर नवरात्रीको तेस्रो दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(४) कुष्माण्डा
मानव सभ्यताका दुष्मन एवं हिँसालु तथा हिँसाका पक्षपातीलाई मार्नु कुनै अपराध होईन भनेर समाज लाई हिँसा मुक्त बनाउन योगदान दिने देवीको नाम हो कुष्माण्डा । सुन्तला रंग मन पराउने यी देवी लाई हिँसा मुक्त समाज निर्माण गर्न पुर्याएको योगदानको कदर गर्दै नवरात्रीको चौथो दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(५) स्कन्दमाता
‘छोरी/छोरा लाई असल बाटो बाट समय अनुकूल योग्य, सक्षम र दक्ष बनाउनु पर्छ’ भनेर शिक्षा र सँस्कारको उज्यालो बाटो देखाउने देविको नाम हो स्कन्दमाता । सेतो कलर मन पराउने यी देवी लाई शिक्षा र सँस्कारयुक्त समाज निर्माण गर्न पुर्याएको योगदान स्वरुप नवरात्रीको पाँचौं दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(६) कात्यायनी
असल मान्छे लाई दू:ख,पीडा दिएर खराव मान्छेको समाज निर्माण गर्ने महिषासुर जस्ता कुख्यात राक्षेस लाई मारेर असल मान्छेको रक्षा गर्ने देवीको नाम हो कात्यायनी। रातो कलर मन पराउने यी देवी लाई खराब मान्छे बाट असल मान्छे लाई जोगाएर मानव सभ्यता लाई असल बाटोमा हिँडाउन योगदान दिए वापत नवरात्रीको छैटौँ दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(७) कालरात्री
अन्यायको बिरुद्ध प्रतिकार गर्ने र न्यायपूर्ण समाजको निर्माण गर्न कसैले कसैलाई अन्याय गर्नु हुँदैन भनेर न्यायपूर्ण समाजको निर्माण गर्न वकालत गर्ने देवीको नाम नाम हो ‘कालरात्री’ । ‘निलो कलर’ मन पराउने यी देवी लाई अन्यायको बिरुद्ध आवाज उठाउने न्यायाकी देवी भनेर नवरात्रीको सातौँ दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(८) महागौरी
‘सुन्दरता, नम्रता, सभ्यता, धर्यता एवं शालीनता मानव जातिकाका अमूल्य गुण हुन्’ भन्ने सौन्दर्यकी देवीको नाम हो महागौरी । गुलावी कलर मन पराउने यी देवी लाई मानव जातिका अमूल्य गुणलाई मानव हिर्द्य सम्म पुर्याउन योगदान दिएको भनेर नवरात्रीको आठौँ दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।
(९) सिद्धिदात्री
असल मान्छेले गरेको असल कर्मको सुन्दर फल दिने देवीको नाम हो सिद्धिदात्री । वैजनी कलर मन पराउने यी देवी लाई ‘असल कर्मको सुन्दर फलले नै मानव जातीलाई क्रियाशील बनाऊँ छ’ भन्ने सिद्धान्तलाई प्रमाणित गरेकोमा यसको कदर गर्दै नवरात्रीको नबौँ दिन प्रेम र सम्मान पूर्वक पुजा गरिन्छ ।