भाद्र २३ गते २०८३
पोखरा फोटोग्राफर संघले गर्यो श्रद्धाञ्जली सभा
२२ भदौ २०८३, पोखरा ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पोखरा फोटोग्राफर संघले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा विपदमा परेका परिवारप्रति सहानुभुति जनाएको छ ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूका साथै संस्थापक, संरक्षक, पूर्वअध्यक्षहरु, , अक्षयकोषदाता, आजीवन तथा साधारण सदस्य, महिला उपसमितिका पूर्वसंयोजक र संघका शुभेच्छुकहरूको सहभागिता रहेको थियो । दीप प्रज्वलन तथा शोकसभा पोखरा महानगरपालिका–४ स्थित मानव अधिकार चोकमा आयोजना गरिएको थियो ।
भोटेकोशी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको घटनाले मुलुकभर गहिरो पीडा र चिन्ता उत्पन्न गरेको छ । प्राकृतिक विपत्तिका कारण आफ्ना आफन्त गुमाएका परिवार, घरबार तथा सम्पत्ति गुमाएका नागरिक र विस्थापित समुदाय अहिले कठिन परिस्थितिको सामना गरिरहेका छन्। यस्तो अवस्थामा पीडितको दुःखमा साथ दिनु र मानवीय संवेदना प्रकट गर्नु सबैको साझा दायित्व भएको संघकी नवनिर्वाचित अध्यक्ष नन्दकला पौडेलले बताईन ।
संघले विपत्तिमा परेका नागरिकप्रति संवेदना व्यक्त गर्ने र राहत अभियानमा आफ्नो तर्फबाट योगदान गर्ने अवसरका रूपमा उपयोग गरेको जनाएको छ । प्राकृतिक विपत्तिका बेला समाजका विभिन्न क्षेत्र, संघसंस्था, व्यवसायी तथा नागरिक एकजुट भएर पीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको संघको भनाइ छ।
संघका सदस्यहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने संघका कोषाध्यक्ष राजु प्रसाद तिमिल्सीनाले जानाकारी गराए ।