पौष १३ गते २०७९

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

 

पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । सहारा क्लबले गोल्डकपको खेल तालिका सार्वजनिक गरिसकेको छ । खेल तालिका अनुसार पुस १५ गते गोल्डकपमा सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाईज युनाईटेडसँग खेल्ने छ ।
पुस १६ गते सहारा क्लब र धरान फुटबल क्लब बीचको विजेताले सशस्त्र प्रहरी बलसँग अन्तिम चार प्रवेशको लागि खेल्ने सहारा क्लबका अध्यक्ष सुरज गुरुङले बताए । पुस १७ गते नेपाल पुलिस क्लब र चर्च ब्वाईज बीचको विजेताले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
पुस १८ गते क्वार्टरफाईनल त्रिभुवन आर्मीक्लब र संकटा क्लब बीच हुने छ । अर्को क्र्वाटरफाईनल खेल मनाङ मस्र्याङ्दी क्लबले भुटानिज युथ एससी अमेरिकासँग खेल्ने छ । पुस २० र २१ गते दुई सेमिफाईनल खेल र पुस २३ गते गोल्डकपको फाईनल हुने सहारा क्लबले जनाएको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । उत्कृष्ट पाँच विधालाई सुर्यबहादुर केसी स्मृति र उत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारलाई खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् ।