पोखरा । रसुवा, नुवाकोट र धादिङमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत गण्डकी प्रदेशका ५२ ओटा लायन्स क्लबले करिब १३ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेका छन् ।
‘मानवताका लागि एकता’ भन्ने सन् २०२६/२७ को मूल नाराअनुसार क्लबहरूले एकद्वार प्रणालीमार्फत राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पुर्याएका हुन् ।
२०८३ भदौ १५ गते धादिङको गजुरी गाउँपालिका(२ मा आयोजित कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन रत्नप्रसाद पराजुलीले वडाध्यक्ष दोर्ण कँडेललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
पराजुलीका अनुसार करिब ८ देखि १० टन राहत सामग्री ट्रक तथा अन्य सवारीसाधनमार्फत प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
सडक अवरुद्ध भएका स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन पुग्न नसक्ने ठाउँमा स्थानीय साधन र पैदल यात्रामार्फत समेत राहत पुर्याइएको उहाँले बताउनुभयो ।
गजुरी गाउँपालिका( २ का वडाअध्यक्ष दोर्ण कँडेलले सामाजिक संस्थाले आफ्नो गाँस काटेर गरेको सहयोगको सहि सदुपयोग र वास्तविक पिडित परिवारले पाउनेमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँका अनुसार पहिरोले बाटो अवरुद्ध हुँदा हिँडेरै जाने तयारी कृष्णभीर तथा त्रिशूली नदी किनार आसपासका सडकमा पहिरो र कटानका कारण यातायात प्रभावित भएकाले टोलीले वैकल्पिक मार्ग अपनाएर आएको साथै सवारीसाधन पुग्न नसक्ने स्थानमा स्थानीय साधनको प्रयोग गर्ने र आवश्यकता अनुसार ९(१० किलोमिटर पैदल यात्रा तथा झोलुङ्गे पुल तरेरै भए पनि पीडित समक्ष पुगेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
पूर्व डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन चण्डीप्रसाद अर्यालका अनुसार गजुरी(२ का पहिरो प्रभावित १ सय २० परिवारका करिब ६ सय जनालाई लक्षित गरी एक महिनासम्म पुग्ने खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरिएको छ ।
फस्ट भिडीजी लायन किशोर बरालले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएकाले प्रभावितलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा चिफ एड्भाइजर लायन शिवराज आचार्यले राज्य अप्ठ्यारोमा परेका बेला सामाजिक संस्थाले सहयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।
२८ भदौ,काठमाडौं काठमाडौँ फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ अधिबेशन बाट डिगम्वर राजबंशी को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि मञ्जु...
Read More
हेमजा, १२ माघ हेमजा सञ्चार सहकारी संस्था पोखरा २५ हेमजाको १२ ओैँ साधारणसभा तथा पाँचौं अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले बिष्णु बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति...
Read More
म एक ट्रावल ब्लगर वा भ्लगर हु अर्थात घुमन्ते पत्रकार । अहिले मेरो खासै जिम्मेवारीको कुनै मिडिया छैन झोक चले लेखि दिन्छु कोही कुनै मिडियालाई मन परे प्रकाशित पनि...
Read More
काठमाडौं, ४ असोज । स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे...
Read More