भाद्र २९ गते २०७८

काठमाडौँ फोटोग्राफर संघमा डिगम्बर राजवंशी को नेतृत्व


२८ भदौ,काठमाडौं

काठमाडौँ फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ अधिबेशन बाट डिगम्वर राजबंशी को नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको कार्यक्रममा प्रमुख अतिथि मञ्जु कुमार श्रेष्ठले पानसमा दीप प्रज्जवलन गरि उद्धघाटन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा महिला फोटोग्राफरलाई सम्मान गरीएको थियो ।
संस्थाका अध्यक्ष मोति बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतउपाध्यक्ष चन्द्र बहादुर गिरी ले गर्नुभएको थियो। अतिथिहरु प्रदिपराज वन्त,नवल पजियार ,रत्नमान आंशु ,कविन्द्रमान शाक्य ,अमरेन्द्र श्रेष्ठ ,राजभााइ सुवाल ,योगेन्द्र जंग बस्नेत ,ओम बहादुर पाण्डे ,बालकृष्ण श्रेष्ठ, भवदेव थापा फोटोग्राफी को विकासमा काठमाडौं फोटोग्राफर संघ ले निभाएको भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रम संचालन जिवनाथ काफ्ले ले गर्नुभएको थियो ।
अधिबेशनवाट संघको नयाँ कार्यसमितिमा निर्विरोध रुपमा हरि प्रसाद घिमिरे सचिव, झक्कु रोक्का कोषाध्यक्ष तथा राधिका काफले महिला सदस्यमा निर्वाचित हुनुभयो बांकी पदहरुको लागी मतदान भएको थियो। उपाध्यक्षमा भोला काफ्ले र सहसचिवमा रेशमराज पण्डित यस्तै सदस्यहरुमा आनन्द प्रभाकर घिमिरे, किरण श्रेष्ठ, सानुकाजी मर्हजन, नन्दु श्रेष्ठ, खड्ग बहादुर राजवंशी, तारा बहादुर न्यौपाने,अमृत श्रेष्ठ, शुशिल ज्ञवाली, हरि ज्ञवाली, रुपेश थापा तथा किशोर रिजाल विजयी हुनुभएको थियो ।