जेठ ३१ गते २०८३

काठमाडौँ मा एआई (AI) सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

काठमाडौँ, ३१ जेठ।
काठमाडौँ फोटोग्राफर संघ काठमाडौंको आयोजनामा शनिबार जेठ ३० गते   Upgrade Your Skill With AI तपाईंको अर्को पाइला , फोटो र भिडियो यहाँबाट सुरु हुन्छ भन्ने मुख्य नाराका साथ एक दिने विशेष कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ।
नेपाल चलचित्र बिकास बोर्ड, ईन्टरनेशनल फिल्म फेस्टिबल समेतका प्रशिक्षक रहनु भएका ए आाई प्रशिक्षक श्री मौसम पुरीले प्रशिक्षण दिनु भएको उक्त कार्यशालाको समुद्घाटन काठमाण्डौ फोटोग्राफर संघका अध्यक्ष आनन्दप्रभाकर धिमिरे, निबर्तमान अध्यक्ष हरि प्रसाद घिमिरे पुर्व अध्यक्ष द्वय बालकृष्ण श्रेष्ठ तथा मोतिबहादुर बोगटी, प्रशिक्षक मौसम पुरी लगाएत कार्यक्रम संयोजक सुजन तिमिल्सिनाले संयुक्त रुपमा गर्नु भएको थियो ।
​वसुन्धरास्थित दियालो फुडल्याण्डमा आयोजना गरिएको उक्त कार्यशालामा काठमाडौँ र वरपर क्षेत्रका डिजिटल प्रविधि, फोटोग्राफी र भिडियोग्राफी क्षेत्रमा क्रियाशिल व्यावसायिक फोटोग्राफरहरूको उत्साहजनक सहभागिता रहेको थियो। बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा पछिल्लो समय प्रविधि क्षेत्रमा भित्रिएको आर्टिफिसियल इन्टेलिजेन्स AI लाई फोटो तथा भिडियो सम्पादन (Editing) मा कसरी व्यावसायिक रूपमा प्रयोग गर्ने भन्नेबारे विस्तृत प्रशिक्षण दिइएको थियो।
​कार्यक्रममा सहभागीहरूलाई एआई प्रविधिको प्रयोग गरेर कामको गति बढाउने, गुणस्तर सुधार्ने र नयाँ डिजिटल ट्रेन्ड अनुसार आफूलाई परिमार्जित गर्ने व्यावहारिक सीपहरू सिकाइएको थियो। फोटोग्राफी र भिडियोग्राफी विधामा एआईको बढ्दो प्रभाव र यसले सिर्जना गरेका नयाँ अवसरहरूका विषयमा केन्द्रित रहँदै प्रशिक्षकले आफ्ना अनुभव र प्राविधिक ज्ञान साझा गर्नुभएको थियो।
कार्यक्रममा फोटो कन्सन नेपाल तथा सिबराम ट्रेडिङ कम्पनी  (STC) बाट सहयोग प्राप्त भएको थियो । यसै सन्दर्भमा फोटो कन्सनका निर्देशक दिनेशराज अर्यालले सम्पुर्ण सहभागिहरुलाई निस्शुल्क फोटो बुक लगाएतको हात खालि नजाने कुपन, काठमाण्डौ फोटोग्राफर संघका सदस्यहरुलाई आजकै मितिबाट फोटो बुकमा रू ५०० छुट साथै साउन १ गतेबाट फ्रि डेलिभरीको सुबिधा दिने समेत घोषणा गर्नु भएको थियो
​काठमाडौँ फोटोग्राफर संघ ले स्थापनाकालदेखि नै आफ्ना सदस्य तथा समग्र फोटोग्राफी क्षेत्रको पेसागत दक्षता अभिवृद्धिका लागि विभिन्न समयमा यस्ता सीपमूलक तालिम तथा कार्यशालाहरू आयोजना गर्दै आइरहेको छ। हिजो सम्पन्न कार्यशालाले पनि सहभागी फोटोग्राफर तथा भिडियो सम्पादकहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त हुन र आफ्नो व्यवसायलाई डिजिटल युग सुहाउँदो बनाउन ठूलो मद्दत पुर्‍याएको संघले विश्वास लिएको छ।