कैलाशद्वारा माहासंघमा निर्वाचितहरुलाई बधाई तथा सम्मान
पोखरा, १७ माघ
कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई हालै सम्पन्न नेपाल फोटोग्राफर महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेको छ ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाल आयोजना गरेको पारिवारिक बनभोज तथा अन्तरक्रिया कार्यक्रमको अवसर पारेर उक्त सम्मान गरेको हो । कैलाश बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेल केन्द्रिय उपाध्यक्ष, तुलसीराम सुवेदी सचिव , पुर्व अध्यक्ष तथा सल्लाहकार जीवन ढुङ्गाना कोषाध्यक्ष,विजय जैसी सह–कोषाध्यक्ष,घनश्याम पौडेल,राममणि पौडेल,गुरु प्रसाद तिवारी,रविनाथ दाहाल,रामचन्द्र पोख्रेल,नारयण प्रसाद गौतम,सुरेशराज रेग्मी केन्द्रिय सदस्यमा र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ पदेन केन्द्रिय सदस्यमा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष पदेन सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्य पुर्णकुमारी थापाले सहकारीका सात सिद्धान्त वाचन, उपाध्यक्ष विनोद ढकालले स्वागत गरेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव बिष्णुहरी अधिकारीले गरेका थिए ।
पोखरा र पोखरा आसपार छरिएर रहेका फोटोग्राफर हरु द्वारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका विच पारिवारिक बनभोज आयोजना गरेको थियो । कार्यक्रममा फोटो कन्सर्न काडमाडौं का सिइओ दिनेश अर्याल लक्की ग्रुप प्रा.ली का ईश्वर श्रेष्ठ र नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल ले आ आफ्नो भनाई राखेका थिए।
२०६८ सालमा स्थापना भएको सहकारीमा हाल सम्म १९५ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ३ करोड १० लाख २५ हजार बचत रु १० करोड ४५ लाख र ऋण लगानी ९ करोड ६४ लाख रहेको छ
संस्थाले फोटो फ्रेम उद्योग तथा फोटोग्राफरहरुलाई आवश्यक पर्ने सबैखाले सेवा उपलब्ध गर्दै आएको छ । संस्थाले फोटोग्राफरहरुका लागी कलर ल्याव फोटो प्रिन्ट,फ्लेक्स प्रिन्ट मायाको चिनो, फोटो फ्रेमहरु,ब्यानर,फोटोग्राफी सामानहरु र बिभिन्न समयमा फोग्राफर हरुको शिप र दक्षता बृद्धिका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
पुस १५, काठमाडौं काठमाडौं फोटोग्राफर संघको आयोजनामा दुईदिने वेडिङ फोटोग्राफी तथा सिनेमाटोग्राफी कार्यशाला सम्पन्न भएको छ । गोकर्ण स्थित ग्राण्ड नोर्लिङ होटल एण्ड रिसोर्टमा सम्पन्न सो कार्यशालामा भारतका चर्चित...
Read More
कमल पौडेल अथकपोखरा २३, जेठविश्व वातावरण दिवसको अवसरमा फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीले आज पोखराका विभिन्न स्थानमा वोट विरुवा रोपण गरेको छ ।पोखरा १७ पावरहाउसमा करिव १५० वटा बोट...
Read More
बलिउड स्टार गायक मिका सिंहलाई भारतमा प्रतिबन्ध लागेको छ। उनले पाकसितानमा पुर्व राष्ट्रपति पर्वेज मुशरफको पारिवारिक विवाह भोजमा सरिक भएको र गीत गाएको कारण अखिल भारतीय चलचित्र मजदुर संघले...
Read More
पोखरा र्यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ । सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो...
Read More