जेठ ११ गते २०७९

पोखराको मेयरमा गठवन्धनका धनराज आचार्य र उपमेयरमा एमालेकी मञ्जु गुरुङ विजयी


कमल पौडेल अथक
पोखरा ११, जेठ
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् ।
आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।
उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । उपमेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार गनेस पौडेलले ३ हजार ३० मत प्राप्त गरे ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छन । उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ८ सय ४६ मतान्तरले पछि पार्दै बिजयी भएकी हुन् । मंगलबार राती सम्पन्न मतगणनामा गुरुङले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् । पोखरा महानगरपालिकाका ३३ वटा वडा मध्ये नेपाली कांग्रेस २३, नेकपा एमाले ९ र स्वतन्त्र १ वडामा विजयी भएका छन् । वडाध्यक्ष जितेका छन् । पोखरामा १ लाख ४३ हजार बढी मत खसेको थियो । यहाँ २ लाख ७ हजार मतदाता रहेका थिए ।


पोखरा २२ मा भुँइकटर चुनाव चिन्हका स्वतन्त्र उमेद्वार हीमलाल विजयी


यो वर्ष काठमाण्डौमा लौरो र चितवनमा भुँइकटर चुनाव चिन्हको चर्चा धेरै भयो । धरानमा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्रले मेयर नै जिते । पर्वतको ठूली पोखरीमा आँपको गेडो लिएर उठेका स्वतन्त्रले वडाध्यक्ष जिते ।
बाग्लुङमा स्वतन्त्र मोडा चुनाव चिन्हले जितेको खवर आयो । तर पोखरामा भुँइकटर चुनाव चिन्ह छ र त्यसले चुनाव जित्छ भनेर सायद कमैले सोचेका थिए । पोखरामा कांग्रेसका बागीले भुइँकटर चिन्ह फिर्ता लिएर गठवन्धनका मेयरका उमेद्वारलाई नै सघाउने निधो गरेका थिए ।
तर पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दमिा भने एमाले विरुद्ध स्वतन्त्र उमेद्वार सहित माओवादी लगायतका दल सँग गठवन्धन भएको थियो । सो गठवन्धनको निर्वाचन चिन्ह भुँइकटर थियो । सोही भुइँकटर चिन्ह लिएर उठेका हीमलाल वराल पोखरा २२ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका प्रकाशवहादुर गुरुङलाई १२० मतले पराजित गदै उनी विजयी भएका हुन् ।
बरालले १८७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रकाशवहादुर गुरुङले १७५२ मत प्राप्त गरेका छन् । सो वडामा अन्य सवै सदस्य एमालेले जितेको छ । कूल ४ हजार ४ सय १० मत सो वडामा खसेको थियो ।