पोखरा, फागुन पोखरा वडा नं २५ हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको चाउथे सेवा केन्द्रको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
केन्द्र उद्घाटन गर्दै प्रदेश भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले राष्ट्रिय पुजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको बताए।मन्त्री बुढाले प्रदेश सरकारद्वारा संचालित व्यवसायिक जीवन रक्षा कोषको परिचालनमा पनि सहकारीहरुले ध्यान दिनुपर्ने उल्लेख गर्दै पोखराको सहकारी आन्दोलनमा गौरीशंकरको भूमिका महत्वपूर्ण रहेको आफूले पाएको पनि उल्लेख गरे।एउटै टोलमा धेरै सहकारी हुनु त्यती राम्रो नभएकाले सहकारी एकीकरणमा जोड दिनुपर्ने बताए।सहकारीहरु बचत तथा ऋणमा मात्रै सिमित नबनी उत्पादनमूलक क्षेत्रमा पनि अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले हेमजा स्थित गौरीशंकर सहकारीले चाउथेमा आई सेवा केन्द्र संचालन गर्नु सुखद् भएको औँल्याउँदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे।उनले भूमि सम्बन्धी समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सहकारीका अध्यक्ष केशवशरण पौडेलले संस्थालाई निति, विधी र प्रविधिले संचालन गरिरहेको दावी गर्दै आवश्यक परे सदस्यको हीतका लागि करोडौ लगानी गर्न पनि सहकारी सक्षम रहेको स्पष्ट पारे ।
त्यस अवसरमा मझेरी बचत तथा ऋण सहकारीका वरिष्ठ उपाध्यक्ष पशुपति पौडेल, संस्थापक अध्यक्ष डबलबहादुर कुँवर, राष्ट्रिय सहकारी बैक पोखरा कार्यालय प्रमुख नरेश पाण्डे, वेलचौतारा टोल विकास संस्थाका अध्यक्ष आनन्द श्रेष्ठ लगायतले आ आफ्नो धारण राख्दै सहकारी संस्थाहरु बीच सहकार्यको भावना प्रगाढ हुनुपर्नेमा औँल्याए।
प्रमुख कार्यकारी अधिकृत डम्बरसिंह बस्नेतले संस्थाको समग्र अवस्थाबारे जानकारी राख्दै सहकारीलाई थप मजबुत बनाउन पोखराको केन्द्र भाग तथा माछापुच्छे« गाउँपालिकामा सदस्य सेवा केन्द्र स्थापनाका लागि प्रदेश सरकारले सहजीकरण गरिदिन आग्रह गरे। कार्यक्रमका बीच स्थानीय बेलचौतारा टोल विकास संस्थालाई १८ वटा डस्वीन पनि हस्तान्तरण गरियो।
सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर कार्कीले स्वागत, सह–सचिव तथा शिक्षा उपसमिति संयोजक दलबहादुर कुँवरले सात सिद्घान्त वाचन एवम् सचिव घनश्याम तिम्सिनाले संचालन गरेका थिए ।
कमल पौडेल अथकपोखरा ११, मंसिर नेपाली कांग्रेस स्याङजाको सभापतिमा राजु थापा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भागवतप्रकाश मल्ललाई ३२ मतले पराजित गर्दै सभापतिमा थापा विजयी भएका हुन् ।...
Read More
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश...
Read More
काठमाडौं,३१ बैशाख । । डिजेल र पेट्रोलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिवार मध्यरात १२ बजेदेखि लागू हुने गरी...
Read More
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो...
Read More