फागुन २८ गते २०८०

वड्स एकेडेमीमा पुरस्कार वितरण

२७ फागुण,पोखरा
पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमाउत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्तक्रियाकलापतर्फ विभिन्नविधाहरुमाउत्कृष्ट हुन सफलविद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।
समारोहकाप्रमुखअतिथिशिक्षासेवी नरेन्द्रमानलालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्तक्रियाकलापमापनिउत्कृष्टता हाँसिलगर्दै गएको बताउनुभयो । निजीविद्यालयहरुले यसरिनै विद्यार्थीभित्रकाप्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
विशेषअतिथिएनप्याप्सनकास्कीकाअध्यक्ष हेमन्तअधिकारीले वड्स एकेडेमीले एनप्याप्सनअन्तर्गतकाविद्यालयहरुमध्य खेलकुद, गायनलगायतका क्षेत्रमा अग्रणी रहेको टिप्पणी गर्दै आगामीदिनमाथप सफलताहाँसिल गर्न शुभेच्क्षा प्रकट गर्नुभयो ।
विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष मेयरमानश्रेष्ठको अध्यक्षतामाभएको समारोहमाएनप्याप्सनकास्कीउपाध्यक्षमानकाजी गुरुङ, विद्यालयकाप्राचार्य भगवतीवाग्ले, सह–प्राचार्य विष्णुहरी देवकोटा, माविशिक्षकतीर्थराजबाँस्तोला, झलक सुवेदी, सुजन नहर्की, प्राइमरी संयोजकगौरी ढकाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । शिक्षिकागितादेवी डुम्रेले तथाविद्यार्थीद्वयपुजावाग्ले र दिपलक्ष्या सुनारले सञ्चालन गरेको कार्यक्रममाविद्यालयका संस्थापकप्राचार्य प्रकास वाग्लेले स्वागत गर्नुभएको थियो ।
वड्स एकेडेमी वर्ष २०७९ मा कक्षा ८ को नजितामाविश्लेषणको आधारमा तृतीय, जनप्रिय क्लवष्टरमा प्रथमतथाएनप्याप्सनको गायनतर्फ प्रथमहुन सफलभएको थियो ।