असार ३ गते २०८०
अग्नीपिडितलाई फोटोग्राफरहरुकोे सहयोग
२ असार , पोखरा
फोटोग्राफर संघ गण्डकी को पहलमा स्याङ्गजाको भिरकोट नगरपालिका बयरघारी मा भएको आगालागी वाट पूर्ण रुपमा क्षति भएको फोटो पसल झरना फोटो का संचालक राजेश पौडेल लाई आर्थिक सहयोग गरिएको छ । स्याङ्गजाको भिरकोट नगरपालिका बयरघारी निवासी राजेश पौडेलको घरमा रहेको फोटो पसल(झरना फोटो)मा गएको जेष्ठ २६ गते शुक्रबार राति भएको आगोलागीले ब्यावसाय पूर्ण नष्ट भएको छ । सो आगोलागीले निजको घर समेत क्षती पुर्याएकोले फोटोग्राफर संघ गण्डकी को पहलमा सहयोग संकलन र सहयोग आब्हान गरिएको थियो ।पिडतलाई सहयोगका लागी केही राहत रकम संकलन गरी पोखराबाट फोटोग्राफर संघ गण्डकी ,पोखरा फोटोग्राफर संघ , कैलाश बचत तथा ऋण सहकारी संस्था ,पर्वत फोटोग्राफर संघ,तनहुँ फोटोग्राफर संघ ,नवलपुर फोटोग्राफर संघ र पोखरा फोटोग्राफर संघ महिला उपसमिति तथा फोटोग्राफर मञ्च स्याङ्गजा का उपस्थितिमा रु १ लाख २ हजार ५५५ रुपया शनिबार पिडित राजेश पौडेललाई हस्तान्तरण गरेको छ । 
हस्तान्तरित सहयोगमा फोटोग्राफर संघ गण्डकी को तर्फ वाट २५ हजार ५ सय, पोखराका फोटो ब्यावसायीहरुले सञ्चालन गरेको कैलाश बचत तथा ऋण सहकारी संस्था लिको तर्फबाट रु २५ हजार ५ सय, पोखरा फोटोग्राफर संघको राहतकोष, सोही संघको महिला उपसमितिको सहयोग पेटिकाबाट र फोटोग्राफर सदस्यहरु वाट आएको सहयोग समेत गरेर रु २४ हजार ५ सय, यसै गरी पर्वत फोटोग्राफर संघको तर्फबाट रु १२ हजार ५५ रुपैया, तनहु“ फोटोग्राफर संघबाट रु १० हजार रुपैया, नवलपुर फोटोग्राफर संघको तर्फबाट रु ५ हजार रुपया र सो सहयोग हन्तान्तरण कार्यक्रममा गएका पोखरा पोटोग्राफर संघ तथा सहकारीका सदस्यहरुबाट समेत संकलित एकमुष्ठ रकम रु १ लाख २ हजार ५५५ रुपया हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी फोटोग्राफर संघ अध्यक्ष दुर्गा प्रसाद पौडेल कोषाध्यक्ष जिवन ढुङ्गगाना सदस्य प्रेम प्रसाद पराजुली सदस्य जनक राज तिवारी, सदस्य भक्त तामाड र घनस्याम पौडेल समेत को उपस्थिती थियो । यसै गरी पोखरा फोटोग्राफर संघको तर्फ बाट अध्यक्ष रामचन्द्र पोख्ररेल, उपाध्यक्ष भक्त तामाड, कोषाध्यक्ष नन्दकला पौडेल, सदस्य कल्पना अधिकारी, मिरु लम्साल, बृहष गुरुड र महिला उपसमिति संयोजक रिता पौडेलको सहभागिता थियो ।

उक्त झरना फोटोका सञ्चालक राजेश पौडेल कैलाश बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्य तथा कैलाश सहकारीबाट नै सञ्चालित फोटोफ्रेम उद्योगका कारोवारी भएका नाताले संस्थाको शेयरसदस्यको दुख पिडामा सहयोग गर्ने कोष र ब्यक्तिगत तर्फबाट समेत सहयोग गर्न सहकारीका अध्यक्ष खडानन्द अधिकारी, उपध्यक्ष बिनोद राज ढकाल, सचिव बिष्णुहरी अधिकारी, सदस्य कपिल सापकोटा, ज्ञानेन्द्र पौडेल र पूर्ण कुमारी थापा समेतको उपस्थिती रहको थियो । सोही कार्यक्रममा स्याङ्गजाका फोटोब्यावसायी तथा स्याङ्गजा फोटोग्राफर मञ्चका बरिष्ठ उपाध्यक्ष ढाकाराम खनाल, प्रेम प्रसाद पराजुली, बिकास खाड, मिठु श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सहयोग राहत तथा सहानुभूती प्रकट गर्ने सो कार्यक्रममा पिडित राजेश पौडेलले घटनाको यर्थात जानाकारी गराएका थिए ।
उक्त कार्यक्रममा स्कुटर दुर्घटनामा परि घाइते भइ उपचाररत फोटोग्राफर संघ गण्डकी का कार्य समिति सदस्य तथा फोटोग्राफर मञ्च स्याङ्गजाका अध्यक्ष बिमल खनाल लाई शिघ्र स्वाश्थ्य लाभको कामना गरिएको थियो ।
गण्डकी फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्र पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा, सहकारीका अध्यक्ष खडानन्द अधिकारी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल आ आफ्नो मन्तब्य राखेका थिए भने स्याडजा फोटोग्राफर मञ्चको तर्फबाट बरिष्ठ उपाध्यक्ष ढाकाराम खनालले धन्यवाद मन्तब्य राखेका थिए । स्याङजाका स्थानिय फोटोग्राफर को तर्फबाट प्रेम प्रसाद पराजुलीले स्वागत गरेको कार्यक्रमलाई घनस्याम पौडेलले सञ्चालन गरेका थिए ।