जेठ १९ गते २०८१

पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक

 

मौलिक पन्चेबाजामा आधारित ‘बाचा कसम’ गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकड गरिएको गितमा गायक बिजय बाबु, अशोक अधिकारी र विमला गैरेको सुमधुर आवाज रहेको छ । बिजय बाबुको शब्द संगित रहेको गितको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् ।

गितमा ओम प्रकाश बुद्ध मगर, लिया मगर, भिष्म अर्याल, इस्मिरा अर्याल र बिशाल बयलकोटीको अभिनय रहेको छ । ईश्वर श्रेष्ठले खिचेको भिडियोको सम्पादन श्रेष्ठ आफैले गरेका छन् ।

संगै जिवन बिताउने बाचा कसम खाएका प्रेमिल जोडी जसको सपना पुरा हुन पाउदैन सोही कथालाई लयात्मक ढंगबाट दृष्यमा प्रस्तुत गरिएको छ । भिडियो पुकार नेपाल युट्युब च्यानलमा हेर्न पाईने छ ।