पोखरा, ४ असोज
लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त कम्प्युटर, फर्निचर हस्तान्तरणसँगै विद्यार्थीको सिकाइमा प्रयोग गर्न पाएको जनाए । उनले सहयोगप्रति आभार प्रकट गर्दै अब कुर्सीको पनि खाँचो रहेको सुनाए । क्लब अध्यक्ष दुर्गाप्रसाद पौडेलले सामाजिक कार्य गर्दा आनन्द हुने गरेको धारणा राख्दै गौरीशंकर क्याम्पस यस क्षेत्रकै उच्च शैक्षिक संस्था भएको स्पष्ट पारे । क्लबका प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले क्याम्पसको शैक्षिक प्रगतिका लागि फर्नि चर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । क् ल ब अध् यक्ष् पौडे लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष श्रेष्ठले स्वागत, पूर्व अध्यक्ष प्रकाश पौडेलले धन्यवाद ज्ञापन र सचिव कृष्णमान श्रेष्ठले कार्यक्रम संचालन गरे ।
काठमाडौं,२७ चैत । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ। पार्टीका माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका थापालाई सांसद पदबाट हटाउन माओवादीले संघीय संसद सचिवालायलाई पत्र लेखेको छ...
Read More
काठमाडौं,२३ पुस । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ...
Read More
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले...
Read More
पोखरा, माघ १० गते । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन...
Read More