पोखरा, ४ असोज
लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको सदाशयताले क्याम्पस संचालन भइरहेको औँल्याए । उनले शिक्षाको महत्वमाथि प्रकाश पार्दै शिक्षाबिनाको जीवन अन्धकारमय हुने धारणा राखे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त कम्प्युटर, फर्निचर हस्तान्तरणसँगै विद्यार्थीको सिकाइमा प्रयोग गर्न पाएको जनाए । उनले सहयोगप्रति आभार प्रकट गर्दै अब कुर्सीको पनि खाँचो रहेको सुनाए । क्लब अध्यक्ष दुर्गाप्रसाद पौडेलले सामाजिक कार्य गर्दा आनन्द हुने गरेको धारणा राख्दै गौरीशंकर क्याम्पस यस क्षेत्रकै उच्च शैक्षिक संस्था भएको स्पष्ट पारे । क्लबका प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठले क्याम्पसको शैक्षिक प्रगतिका लागि फर्नि चर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । क् ल ब अध् यक्ष् पौडे लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष श्रेष्ठले स्वागत, पूर्व अध्यक्ष प्रकाश पौडेलले धन्यवाद ज्ञापन र सचिव कृष्णमान श्रेष्ठले कार्यक्रम संचालन गरे ।
काठमाडौं, १८ साउन । माओवादी स्थायी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर...
Read More
काठमाडौं, १६ मंसिर । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ। यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया...
Read More
पोखरा, २६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत...
Read More
पोखरा,२९ असार । मानवसेवा आश्रम हेमजामा बृहत वृक्षरोपण गरिएको छ । शनिबार लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम...
Read More