१३ साउन ,पोखरा
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानको घरको दैलोमा गाइको गोबर, दूबो लिएर नाग टास्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ। यस दिन नाग देवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
पोखराका बिभिन्न तालतलैया पोखरीहरुमा नागका प्रतिमा तथा मन्दिर रहेका छन यिनै स्थानहरुमा आजको दिन पुजाअर्चना गर्ने गरिन्छ । आजको दिनमा पोखराको काहुंखोलामामा प्रसिद्ध स्थलको रुपमा रहेको कमलपोखरी मा दर्शनार्थिको भिड लाग्ने गर्दछ । यस स्थानमा गई नुहाएमा पुण्य प्राप्त हुने जनबिश्वास रहि आएको छ । नागपञ्चमी मा पोखरामा रहेको कमलपोखरीका झलकहरु
पोखरा, ८ चैत्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको...
Read More
पोखरा ÷ त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै...
Read More
२०७९ फागुन २६,पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ...
Read More
पोखरा फागुन १६ । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ...
Read More