श्रावण ५ गते २०८२
पोखरा फोटोग्राफर को स्थापना दिवस सम्पन्न रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार काठमाडौंका मञ्जु कुमार श्रेष्ठलाई
साउन ४,पोखरा
पोखरा फोटोग्राफर संघले आफ्नो ४४औं स्थापना दिवस भव्यतापूर्वक विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा संघले “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२” को घोषणा गर्दै काठमाडौं फोटोग्राफर संघका सल्लाहकार तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
पोखरा फोटोग्राफर संघद्वारा स्थापित रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार हरेक २/२ बर्षमा प्रदान गरिदै आएको संस्थाका अध्यक्ष भक्त बहादुर तमाङले जानाकारी दिए। उनले यो पुरस्कार यस भन्दा अगाडी जिल्ला तथा प्रदेश स्तरिय रहेको मा यस बर्षदेखि राष्ट्रिय पुरस्कार बनाईएको बताए ।
पोखरा फोटोग्राफर संघका पुर्व अध्यक्ष तथा संरक्षक गणेशलाल श्रेष्ठले आफ्नो २५ औ बर्षगाँठको अवसरमा आफ्ना मातापिताको सम्मानमा २०७० सालमा अक्षयकोष स्थापना गरिदिनुभएको र सोहि अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक २ बर्षमा पुरस्कार बितरण गरिदै आएको यो सातौं संस्करण रहेको कुरा संस्थाका सचिव लक्ष्मीपति पौडेलले बताए ।
रु १ लाख ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष रहेको “रामलाल–श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार को पुरस्कार राशी २५ हजार ५ सय ५५ रहेको कोषाध्यक्ष अग्निधर तिमिल्सिनाले बताए।
कार्यक्रमको प्रमुख अतिथि पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य राजन गुरुङ रहेका थिए । उनले आफु अहिले फोटोग्राफी क्षेत्रमा नरहे पनि संस्थाले आफुलाई सम्झिएर यो स्थान दिएकोमा पोखरा फोटोग्राफर संघ प्रति आभार ब्यक्त गरे ।
संस्थाका पुर्व अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोजक दुर्गा प्रसाद पौडेलले अहिलेको प्रतिभा छनोट प्रकृया निकै कठिन रहेको बताए । देश भरका फोटोग्राफर संघहरुबाट आएका सिफारीसहरुबाट एक ब्यक्ति चयन गर्नु निकै कठिन भएको साथै उनले सवै उत्कृट ब्यत्तित्वहरु बाट काठमाडौं फोटोग्राफर संघवाट सिफारिश भइआएका अग्रज फोटोग्राफर तथा वरिष्ठ सिनेमाटोग्राफर मञ्जु कुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार २०८२ बाट सम्मानित गर्न सिफारिश गरिएको घोषणा गरे ।
कार्यक्रममा महिलाउपसमिति संयोजक मिरु लम्साल, अक्ष्यकोषदाता तिर्थ श्रेष्ठ, संस्थाका सल्लाहाकार तथा पुर्व अध्यक्षहरु रबिनाथ दाहाल,बलराम शर्मा,घनश्याम पौडेल,मदन सुब्बा, रामचन्द्र पोखरेल,नारायण बाटाजु, राममणि पौडेल ,तुलसी राम सुवेदी , संरक्षक गणेश श्रेष्ठ फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर केसी लगायत ले संस्थाको उत्तरोतर प्रगतीको कामना गर्दै शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष भक्त बहादुर तमाड।को अध्यक्षतामा संचालन भएको कार्यक्रममा संघकी उपाध्यक्ष नन्दकला पौडेलले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन संघका सचिव लक्ष्मीपती पौडेलले गरेका थिए ।