१३ चैत,पोखरा
पोखरा । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको टोली सराङकोट पुगेको छ ।
सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपीजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए ।
फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरती हुन्छ । सारङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर ९कैलाशेश्वर महादेव०, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएको समितिका अध्यक्ष जिसीले जानकारी दिए । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
सोही क्षेत्रको विकासका लागि फागुन १४ देखि २१ गतेसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलावा बालउद्यान, योग ध्यान केन्द्रसहित दृश्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष जिसीले बताए । पोखरा १८ वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट क्षेत्रको विकासका लागि पत्रकारहरूको अहम् भूमिका भएकाले यसको प्रचारप्रसारमा फोटो पत्रकारको फोटोले अझ टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक क्षेत्रको विकासका लागि समितिले गरेको काममा आफ्नो वडाको तर्फबाट सधैँ साथ र सहयोग रहने पनि उनको भनाइ थियो ।
यस क्षेत्रमा सडकमार्ग अलावा केबलकारमार्फत पनि पुग्न सकिन्छ । महाआरतीसँगै त्यस क्षेत्रको दृश्यावलोकनका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकारमा छुटको व्यवस्था रहेको छ । नेपालीका लागि सो समयमा महाआरतीसँगै सराङकोट क्षेत्र जान आउनका लागि २ सय ५० रुपैयाँ मूल्य तोकिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए । यसबाट पनि त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन टेवा पुग्ने उनले सुनाए ।
फोटो पत्रकारले कैद गरेका तस्बिरले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएकाले समय समयमा एनपीजेएले यस खालको कार्यक्रम गर्दै आएको अध्यक्ष राम गुरुङले बताए । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा फोटोको माध्यमबाट यहाँको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ कास्की सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए ।
पोखरा १३ फागुन अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ...
Read More
काठमाडौँ, २३ पुष । अब माघ १ गतेदेखि एक बैकको एटीम कार्ड अर्को बैकको एटीएममा प्रयोग गर्दा पैसा लाग्ने भएको छ। बिहीबार नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र...
Read More
कमल पौडेल अथक पोखरा २७, असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको वताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ द्धारा...
Read More
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार...
Read More