२९ पुष काठमाडौँ ।
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । काठमाडौंको ग्राण्डी अस्पतालमा
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गर्नुभयो । उनका दुई छोरा र तीन छोरी छन् । पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए । उहाँको निधनले वाइल्डलाइफ फोटोग्राफी क्षेत्रको एक कुशल र जुझारु फोटोग्राफर गुमाएको छ ।
काठमाडौं,२५ वैशाख । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेका सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको सांसदहरुले बताएका छन्...
Read More
काठमाडौं,५ भदौ । जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ । जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात...
Read More
काठमाण्डौं, ०८ फागुन । नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको...
Read More
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब...
Read More