पोखरा फोटोग्राफर संघ को ४० औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)
पुष १७,पोखरा पोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्य एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द अधिकारी विशेष अतिथि का रुपमा रहेका थिए । , संघका संरक्षक पुर्व अध्यक्ष ,फोटोग्राफी अवार्डका अक्षयकोषदाताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए पोखरा फोटोग्रफर संघका उपाध्यक्ष रामचन्द्र पोख्रेल संयोजक रहेको उक्त कार्यक्रममा फोटोग्राफर संघ संग आवद्ध साधारण तथा अजिवन सदस्यहरु लाई सम्मान गरिएको थियो भने, संघका सदस्यका छोरा छोरी मध्यबाट कक्षा १२ पास उत्तिर्ण हुने करिब १२ जना विद्यार्थी हरुलाई सम्मान गरीएको थियो । फोटोग्राफरहरु मिलेर खोलिएको संस्था कैलाश सहकारी बचत तथा ऋण सहकारी संस्थाका नवनिवाचित कार्यसमिति लाई पनि सम्मान गरियो । यसैगरी मिराज बेडिङ्ग भिडियो तथा पोर्टेट फोटोग्राफी अवार्डका अक्षयकोष दाता भक्त तामाङ्ग र बृहश तामाङ्ग लाई सम्मान गरिएको थियो ।
करिब १८० भन्दा बढि साधारण तथा आजिवन सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलहरु खेलाएर उत्साहजनक वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो ।औपाचारिक कार्यक्रममा प्रमुख अतिथि ज्युबाट फोटो खिचेर कार्यक्रम को उद्घाटन गरिएको थियो भने पोखरा फोटोग्राफर संघको बार्षिक रुपका प्रकाशन हुने फोकस बुलेटिन विमोचन गरीएको थियो ।कार्यक्रम मा विशेष अतिथि फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गाप्रसाद पौडेल संस्थालाई संस्थागत रुपमा अघि बढाउनु पर्ने र देशै भरिको उत्कृष्ठ संघ रहेको बताए । कैलाश सहकारी का अध्यक्ष खडानन्द अधिकारी ले फोटोग्राफरहरु मिलेर खोलेको कैलाश सहकारी ले आर्थिक रुपमा छलाङ्ग मार्न सक्ने हुंदा सबै फोटोग्राफर हरुकैलाश बचत तथा ऋण सहकारी मा आवद्ध भई यसैले खोलेको कैलाश फोटो फ्रेम उद्योग वाट सेवा लिन आग्रह गरेका थिए । , संस्थाका संरक्षक गणेश छवी ले संस्थाले आयमुलक काम गर्नुपर्ने बताए , कार्यक्रममा महिला उपसमिति संयोजक शान्ति सुवेदी, कैलाश फोटोग्राफर अफ द इयर फोटोग्राफी अवार्डका दाताको तर्फ वाट विनोदराज ढकाल ,निवर्तमान अध्यक्ष रविनाथ दाहाल र सम्मानित विद्यार्थीको तर्फबाट कृति पोख्रेल ले आफ्ना भनाई एवम शुभकामना मन्तव्य राखेका थिए । संस्थाका तर्फबाट सचिव विशुराज बरालले सचिवको प्रगति प्रतिवेदन , कोषध्याक्ष नारायणहरी अधिकारी ले कोषाध्यक्षको प्रतिवेदन राखेका थिए । संस्थाका अध्यक्ष जनकराज तिवारी को अध्यक्षतामा भएको कार्यक्रम सचिव बिशुराज बरालले संचालन गरेका थिए ।
कमल पौडेल अथक पोखरा, २७ माघ राष्ट्रिय परीक्षाबोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अब घोकेर जाँच दिने शैली परिवर्तन गर्ने तयारीमा परीक्षावोर्ड लागेको बताएका छन् । पोखरा ५ मा रहेको शान्ति...
Read More
पोखरा, ०६ जेठ । सातौं संस्करणको युयन गोबल सडक सुरक्षा सप्ताहको सन्दर्भमा सञ्चारिका समूह गण्डकीले नाशा फाउन्डेसनसँगको सहकार्यमा सडक सुरक्षामा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । सञ्चारिका समूह...
Read More
कमल पौडेल अथकपोखरा १२, चैत्रनेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताएकी छन् ।आदिवासी जनजाति संघ गण्डकी...
Read More
मुस्ताङ, ३० फागुन । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका...
Read More