श्रावण १८ गते २०८०
पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक
पोखरा, १८ साउन
पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर लागू गरेको छ ।
गतसाल भूमिकर न्युनतम १५० रहेको थियो । त्यसमा समयमा तिर्ने सेवाग्राहीले १० प्रतिशत छुट पाउँदा १२० मात्र तिरे पुग्थ्यो । तर अहिले भूमिकर न्युनतम ५ सय बनाईएको छ । जसमा समयमा तिर्नेले १० प्रतिशत छुट पाउँदा ४५० तिर्नुपर्नेछ ।
त्यसैगरी गतसाल सम्पत्ति करको न्युनतम करको दर ५ सय रहेको थियो । त्यसमा १० प्रतिशत छुट पाउँदा सेवाग्राहीले ४५० तिरे पुग्थ्यो तर अहिले न्युनतम सम्पत्ति करमा दोब्वर वृद्धि गरी १ हजार पुर्याईएको छ । जसमा समयमा तिर्ने सेवाग्राहीले छुट पाउँदा ८५० तिर्नै पर्ने वाध्यता छ ।
यसले थोरै कर तिर्ने करदाताको कर प्रतिशत धेरै बढेको र धेरै कर तिर्ने करदाताको करको दर केही बढेको देखिन्छ । महानगरमा करको रेसियो बढेपछि पोखरेली करदाताहरु असन्तुष्ट वनेका छन् । तर कतिपय करदाताहरुले विगतमा पक्की बाटोलाई कच्ची भनेर कर तिरेको र अहिले सो बाटोको पक्की कर तिर्दा बढी भएको महानगर राजश्व शाखाको दावी छ ।
गत तीन वर्ष अघि गण्डकी प्रदेश सरकारले राजश्व परामर्श समितिको राय सुझाव अनुसार जिल्ला मालपोत कार्यालयलाई हस्तान्तरण गरेको करको दर रेट नै अहिले पोखरा महानगरपालिका आफैले लागू गरेको हो ।
जुन कर अत्याधिक महंगो भयो भन्दै नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । करको दर बृद्धि भएको चौतर्फी गुनासो आएपछि तत्कालिन कृष्णचन्द्र नेपाली नेतृत्वको प्रदेश सरकारले करको दरमा हेरफेर गरेको खवर वाहिरिएको थियो । तत्कालिन अर्थमन्त्री रामजी वराल सोही करका कारण चरम विवादमा परेका थिए ।
यो करको दर रेट यतिवेला पोखरा महानगरपालिकाले लागू गरेपछि पोखराका करदाताहरु अहिले असन्तुष्ट वनेका छन् । पोखरा महानगरपालिका कार्यालयको राजश्व शाखामा यतिवेला दिनहुँ सेवाग्राहीको भीड लाग्ने गर्दछ । उनीहरुको एउटै गुनासो हुन्छ मेरो कर यो वर्ष किन वढी आयो । कर शाखाका अधिकृत झंकनाथ पौडेल लगायतका चार जना कर्मचारीहरु सेवाग्राहीलाई जवाफ दिन मै हैरान हुने गरेका छन् ।
हामीले मालपोत कर समायोजन गर्दा अहिले कर बढेको देखिएको हो । स्भाविक रुपमा विगतमा भन्दा केही कर बढेको अधिकृत झंकनाथ पौडेलले जानकारी दिए । सेवाग्राहीहरु विगतको तुलनाममा कर बढेपछि सोधपुछ गर्न आउनु स्भाविक भएको उनको भनाई छ । हामीले जसरी हुन्छ कर धेरै उठाएर महानगरको कोष वृद्धि गरि विकास निर्माणमा लगाउने उदेश्य राखेका हौं तर अहिले दिन दिनै नागरिकको गुनासो सुन्नु परेको छ उनले भने ।
पोखरा महानगरपालिकाले प्रत्येक वडावाट कर लिने व्यवस्था गरेको छ । सेवाग्राहीहरु वडामा पुगेर कर तिर्न जाँदा अघिल्लो वर्षको भन्दा दोब्वर र सो भन्दा वढी कर तिर्न परेपछि रन्थनिदै नगरपालिका धाउने गरेका छन् ।
पोखराको करमा भारी बृद्धि भएको देखिनुमा मालपोतको कर समायोजन मात्र नभएर अन्य धेरै छन् । विगतमा कृषि योग्य जमिनको कर तिर्ने करदाताले अहिले घर आवासको कर तिर्न परेको छ । किनकी पोखराको ८० प्रतिशत कृषि योग्य जमिन आवासमा परिणत भएको छ ।
धेरै वर्ष कर नबढेकोले यो वर्ष कर बढ्दा नागरिकलाई करको दरमा समस्या देखिएको नगरपालिकाको दावी छ । नगरपालिका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेलले लामो समयसम्म पोखराको कर नबढेको र अधिकांश कृषि क्षेत्र आवासमा परिणत भएकोले करको दर बढेको वताए । पोखराका अधिकांश सडकहरु विगतको तुलनामा अहिले पक्की भएकोले पनि कर बढी आएको हुन सक्ने उनले वताए ।