असाेज ११ गते २०७६

तरकारी महँगीयो,२० दिनमै बढ्यो २८९ प्रतिशत

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ। व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए।तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ।भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ।बोडी (तने) २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ।यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली महँगो भएको छ।

जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरुले अनुगमनमा चासो दिएका छैनन।यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन।