भाद्र २३ गते २०७६

लागुऔषध मुद्दा मिलाउन घुस लिने प्रहरी निरीक्षकलाई मुद्दा

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहलाई लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिसँग घूस लिएको आरोपमा अख्तियारले आज मुद्दा दायर गरेको छ ।
प्रहरी निरीक्षक साहले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार जम्मा गर्न लगाई घूस लएका थिए ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा लिई सकेको रिसवत जफत गरी ऐ। दफा ३ को उपदफा ९१०९ग० बमोजिम कैद र विगो बमोजिम जरिवाना माग गरीआज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्यिार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।