पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं
पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे ।
प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी वागमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।
हाल परिचय डटकममा आबद्ध उनी फोटोग्राफीसहित छायांकन, सम्पादनमा दक्ष छन् ।
यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर ९पूर्व कुलपति० र श्यामवदन श्रेष्ठ ९वरिष्ठ हस्तकलाकार० लाई प्रदान गरियो । पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र छ । १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो ।
प्रतिष्ठानले यसअघि गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो । यो प्रदर्शनी ३० जेठसम्म चल्ने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।
प्रदर्शनी उद्घाटन गर्दै मन्त्री तामाङले प्रतिष्ठानले एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको जनाउँदै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्य गरेको बताए । सो अवसरमा विभिन्न व्यक्तिलाई विधागत पुरस्कार प्रदान गरिएको छ।
प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा छन् ।
१६ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को गण्डकी प्रदेश का बिभिन्न जिल्लामा प्रचार प्रसार अभियान शुरु भएको छ...
Read More
कार्तिक ०३,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको छ । उनलाई सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि शुक्रबार कास्की जिल्ला...
Read More
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई बुधबार सम्मान गरेको छ । महासंघ कास्कीद्वारा सञ्चालित टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार वर्ष–२०८१ का लागि बस्नेत र वर्ष–२०८२...
Read More
कार्तिक ०४, पोखरा । अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायु सेवा निगमका दुई वटा न्यारोबडी प्राविधिक समस्याका कारण शनिबार घण्टौं ढिलो उड्दा हजारौं यात्रु बिचल्लीमा परेका छन् । ‘आयल फिल्टर’...
Read More