पौष २५ गते २०७९

२३ वर्षपछि पक्राउ परे गिरी

पोखरा, २५ पुस ।

जिल्ला प्रहरी कार्यलय कास्कीले हत्या गरि फरार रहेका प्रतिवादीलाई २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा उमेश गिरी रहेका छन् ।गिरी लगायत अन्य ७ जनाले वि सं २०५६ साल साउन २२ गते पोखरा महानगरपालिका वडा नं।३ तेर्सापट्टी स्थित ताज पुलमा राजेश थकालीलाई धारिलो हतियार छुरा, खुकुरी र छड ९फलामको रड० को प्रयोग गरि हत्या गरेको थियो । हत्यामा संलग्न प्रम कुमार पुन९पेले०, आनन्द प्रधान, दिपक पुन ९खेलेन० लाई वि।सं २०५८ चैत्र १ गते जन्मकैद सजाय सुनाइएको थियो । हत्यामै संलग्न अन्य तीनजना मोहन गाइने ९पान्डुवा०, योगेश पुन, डिक प्रसाद पुन ९डिके० लाई जिल्ला अदालत कास्कीले ३ वर्षको कैद सजाय सुनाएको थियो । उनलाई खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरी टोलीले यहि पुस २३ शनिवार ४ः२५ बजे चितवनको भरतपुर महानगरपालिका वडा नं। १२ बाट पक्राउ गरेको हो । निजलाई आज आइतवार जिल्ला अदालत कास्कीमा पेस गरि सर्वस्व सहित जन्मकैद भुक्तानको लागि कास्की कारागार पठाइएकोे प्रहरीले जनाएको छ । उनले अब २५ वर्ष कारागारमा रहनुपर्नेछ ।

सिरहा
सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएपछि स्थानीयवासीले आन्दोलन गरेका छन् । उनीहरूले शिक्षिकाको लापर्बाहीका कारण छात्राको ज्यान गएको भन्दै बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन् । स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो । सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्यान गएको हो । अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्यान गएको स्थानीयवासीले बताएका छन् । सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाको फुलकुमारी महतो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।