असाेज २८ गते २०८०
२० जना दृष्टिविहीनलाई सेतो छडी वितरण
कमल पौडेल अथक
पोखरा २०, असोज
नेपाल नेत्रहिन कल्याण संघ कास्कीले २० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ ।
६० औं सेतो छडी दिवसको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकको सहयोगमा आइतवार उक्त छडी वितरण गरेको हो ।
हतमा सेतो छडी पाएपछि दृष्टिविहीनहरु खुसी भएका छन् । हिडडुल गर्न सहाराको रुपमा रहेको लठ्ठी वितरण गरेर संस्थाले गुन गलाएको उनीहरुले बताए ।
सो अवसरमा संघले २४ जना दृष्टिविहीनहरुको बीमा गरिदिन लागेको सचिव लोकवहादुर गुरुङले जानकारी दिए ।
संस्थाका अध्यक्ष टेकमान प्रधानाङगको अध्यक्षतामा भएको कार्यक्रममा ग्रीन डेभलपमेन्ट बैंकका व्यवस्थापक संयुक्त थापा, डीडा नेपाल कास्कीका संस्थापक अध्यक्ष गिरिधारी सुवेदी, नेत्रहिन संघ कास्कीका अध्यक्ष श्रीकान्त सापकोटा, संस्थाका सचिव लोकवहादुर गुरुङ, सदस्य बुद्धीसागर घिमिरे र सहकोषाध्यक्ष नारायणी कोईराला लगायतले वोलेका थिए ।