जेठ २८ गते २०८१
हेमजामा चौथो हिले महोत्सव हुने
२८ जेठ,पोखरा
देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा हेमजामा चौथो हिले महोत्सव२०८१ हुने भएको छ । महोत्सव आगामी असार १५ गते देवीस्थान टोलमा हुदै छ ।
कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । अर्थ संकलन उपसमिति संयोजकमा चन्द्रा पोखरेल, प्रचारप्रसार उपसमिति संयोजकमा निराजन अधिकारी, महोत्सव ब्यवस्थापन उपसमिति संयोजकमा बिष्णु प्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी परशुराम अधिकारीलाई दिइएको छ ।
भेलाले खाजा तथा खानेपानी उपसमिति संयोजकमा मनु तिमिल्सिना, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बाँस्तोला, सचिवालय ब्यवस्थापन उपसमिति संयोजकमा बिष्णु भण्डारी, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा सुवास कुँवर, मायाको चिनो तथा साउण्ड सिस्टम ब्यवस्थापन उपसमिति संयोजकको जिम्मा बिष्णु भण्डारीले पाउनु भएको छ ।
त्यस्तै सरसफाइ उपसमिति संयोजकमा चेतनारायण तिमिल्सिना, सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजकमा बुद्ध देवी कुँवर, निर्णायक खेल सञ्चालन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर र महिला परिचालन उपसमिति संयोजक उमा भुर्तेल पौडेललाई दिइएको छ ।
देवीस्थान सेवा समाजका अध्यक्ष प। हरिशरण पौडेलको अध्यक्षतामा भएको भेलामा स्वागत उपाध्यक्ष हरिप्रसाद तिमिल्सिनाले र सञ्चालन सहसचिव अञ्जिता तिमिल्सिनाले गर्नु भएको थियो ।